सिक्किमबाट छवटा फिल्म नर्थ इस्ट फिल्म फेस्टिभलको निम्ति चयनित

n4828858941679508418271b6fe2146a8fc7cbdff415d920edded6fabbda2255304a0b3bda4bcb0424f2e0c.jpg

गान्तोक: नर्थ इस्ट फिल्म फेस्टिभल २०२३ को निम्ति सिक्किमबाट कूल ६ वटा फिल्म चयनित भएका छन्। जसमध्ये ५ वटा सर्ट फिल्म र एउटा वृत्तचित्र रहेका छन्। यी फिल्महरू आगामी २५ देखि २६ मार्चसम्म मुम्बईको एनएफडीसी क्याम्पसमा आयोजन हुने नर्थ इस्ट फिल्म फेस्टिभल २०२३ मा प्रदर्शित गरिने छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा सिक्किम फिल्म प्रमोशन बोर्डकी चेयरपर्सन पूजा शर्माको अगुवाईमा फिल्म निर्माताहरूको टोली २४ मार्चमा मुम्बई प्रस्थान हुने भएको छ। फिल्म फेस्टिभलको निम्ति चयनित फिल्महरूमा सुखिम- राजु काफ्ले, मिथ अमिर गुरूङ, दिस साइड अफ् टाउन अभिषेक छेत्री, मोहन र मदन बीके राई, सागा दावा- सुजल प्रधान र छोटु निर्मल भट्टराई र अर्जुन चापागाई रहेका छन्। यसमा सुजल प्रधानद्वारा निर्मित सागा दावा वृत्तचित्र वर्गको निम्ति चयनित भएका हुन्। फिल्म फेस्टिभलले निर्देशक साम्तेन भोटियालाई आफ्नो एक जुरीको रूपमा चयनित गरेको छ। फेस्टिभलमा सिक्किमका चारजना कलाकार एवं फिल्म निर्मातालाई सम्मान जनाउने निर्णय लिइएको छ। सम्मानित बन्ने व्यक्तित्वहरूमा साम्तेन भोटिया, डा. भरत बशिष्ठ, हरि ढुंगेल र चन्द्रशेखर गौतम रहेका छन्। चेयरपर्सन पूजा शर्माले दूरदर्शी मुख्यमन्त्री प्रेमसिंह तामाङको आशीर्वाद नभएको भए यो सम्भव हुने थिएन भनी बताइन्। एसकेएम सरकारले राज्यका फिल्म निर्माताहरूको निम्ति विश्वका फिल्म निर्माताहरूसँग प्रतिस्पर्धा गर्न दैलो खुल्ला गरिदिएको उनले बताइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *