भीआईले उद्योग जगतमा पहिलो ‘सेल्फ-केवाईसी’ लन्चको साथ ग्राहक अनबोर्डिङलाई बनायो सरल

00-1-VI

कोलकाता: अब नयाँ मोबाइल जडान प्राप्त गर्न सजिलो, छिटो, सुरक्षित र सुविधाजनक भएको छ, किनभने भीआईले उद्योगको पहिलो सेल्फ-केवाईसी प्रक्रिया ल्याउँछ। अब नयाँ प्रिपेड वा पोस्टपेड सिम लिन चाहनेहरूले रिटेल स्टोरमा जानु पर्दैन वा भौतिक केवाईसी गर्नु पर्दैन। उपभोक्ता उन्मुख दृष्टिकोण अनुसार, भीको सेल्फ केवाईसी प्रणाली डीओटीद्वारा निर्धारित दिशानिर्देशहरूमा आधारित छ। यस मार्फत उपभोक्ताले जुनसुकै बेला जुनसुकै ठाउँमा पनि नयाँ जडान सुचारु गर्न सक्ने र सिमको डेलिभरी घरमै उपलब्ध गराइनेछ।

कोलकाता र कर्नाटकका सबै पोस्टपेड ग्राहकहरूको लागि भीआई को सेल्फ-केवाईसी शुरु भएको छ। सिम खरिद गर्ने प्रक्रियालाई सहज बनाउन यो सेवा क्रमशः देशभरका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि उपलब्ध गराइनेछ। भीआई सेल्फ केवाईसी प्रयोगकर्ताहरूले आफ्नो घरमै बसेर नयाँ सिम अनलाइन अर्डर गर्न सक्छन्, आफ्नो मनपर्ने योजना छनोट गर्न सक्छन् र घरमै सिम डेलिभर गर्नको लागि सेल्फ केवाईसी गर्न सक्छन्। यो अत्याधुनिक डिजिटल प्रमाणिकरण समाधान धेरै सजिलो, सरल, भरपर्दो, सुविधाजनक, छिटो र सुरक्षित छ।

उपभोक्ताहरूलाई नयाँ भीआई सिल सजिलो र द्रुत तरीका अपनाउन आमन्त्रित गर्दै, भोडाफोन आइडिया लिमिटेडका सीओओ अभिजित किशोरले भने, ‘हामी सधैं हाम्रा ग्राहकहरूका लागि सुविधाजनक अनुभवको खोजीमा छौं र उनीहरूलाई नवीन उत्पादनहरू प्रदान गर्न थप प्रयास गर्दैछौं। हाम्रो सेल्फ-केवाईसी समाधान डिजिटल इण्डियातर्फको उद्योगको पहिलो पहल हो जसले हाम्रा ग्राहकहरूको जीवनलाई सरल र सहज बनाउँछ। म पक्का छु, यो सुविधाको साथ, उपभोक्ताहरूले हाम्रो प्लेटफर्म मार्फत सजिलै केवाईसी प्रक्रिया पूरा गर्न सक्षम हुनेछन्। अब हामीले कोलकाता र कर्नाटकका पोस्टपेड ग्राहकहरूका लागि यो सेवा शुरु गरेका छौं। हाम्रा सबै प्रिपेड र पोस्टपेड ग्राहकहरूले यी सुविधाहरूको फाइदा लिन सक्ने गरी चाँडै हामी हाम्रा सबै बजारहरूमा यो सुविधा शुरु गर्नेछौंl’

उपभोक्ताहरूले यी सजिलो चरणहरू मार्फत V Self केवाईसी प्रक्रिया पूरा गर्न सक्छन्:

  • भीआईको वेबसाइटमा जानुहोस् र आफ्नो मनपर्ने योजना छनोट गर्नुहोस्।
  • आफ्नो रोजाइको नम्बर चयन गर्नुहोस् र अर्डर गर्नुहोस्, यसका लागि तपाईंले वैकल्पिक मोबाइल नम्बरबाट ओटीपी प्रमाणीकरण प्रदान गर्नुपर्नेछ।
  • सेल्फ केवाईसीका लागि चरणहरू पछ्याउन सजिलो जसमा तपाईंले युआईडीएआई   साइटमा आधार प्रमाणीकरण पनि गर्नुपर्नेछ।
  • यसपछि प्रयोगकर्ताले कम्तीमा १० सेकेन्डभित्र आफ्नो लाइभ फोटो र लाइभ भिडियो अपलोड गर्नुपर्नेछ।
  • अर्डर दिएपछि र डिजिटल प्रमाणीकरण पूरा भएपछि, ओटीपी प्रमाणीकरण सफलतापूर्वक पूरा भएपछि, उपभोक्ताले आफ्नो ढोकामा सिम कार्ड प्राप्त गर्नेछन्।

थप जानकारीको लागि क्लिक गर्नुहोस्- https://www.myvi.in/new-connection/self-kyc-buy-new-4g-sim-card-online

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *