माझीटारमा शुरू भयो तेस्रो सिनियर स्टेट ऱ्याङकिङ बेडमिन्टन प्रतियोगिता

istockphoto-636561772-612x612.jpg

गान्तोक: रम्फूस्थित माझीटारमा आजदेखि तेस्रो सिनियर स्टेट ऱ्याङकिङ बेडमिन्टन प्रतियोगिता शुरू भयो। ब्याडमिन्टन क्लब अफ् माझीटारको पहलमा आयोजित यस प्रतियोगितामा राज्यभरिका कूल १५० जना खेलाडीले सहभागिता जनाएका छन्। माझीटारस्थित एसएमआइटी कम्पलेक्स परिसरमा आयोजित यस प्रतियोगिताको उदघाटन कार्यक्रममा राज्यका शहरी विकास एवम आवास विभाग मन्त्री एलबी दास मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। यस अवसरमा ९ जना सामाजिक कार्यकर्ताहरूलाई आयोजक समितिद्वारा उनीहरूको सामाजिक योगदानलाई कदर गर्दै अभिनन्दन जनाइयो। कार्यक्रममा जिल्ला पञ्चायत विवेक छेत्री,पार्षद छुङकिला लेप्चा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *