कवि सन्तोष आलेलाई शिबकुमार स्मृति पुरस्कार प्रदान गरिने

CollageMaker_202335233126356.jpg

नाम्ची: दक्षिण सिक्किम साहित्य सम्मेलनको एक महत्वपूर्ण बैठकले सदा झैँ दक्षिण सिक्किम साहित्य सम्मेलनद्वारा प्रदान गरिने शिवकुमार राई स्मृति सम्मान पुरस्कारको घोषणा गरेको छ। सम्मेलनले वरिष्ठ साहित्यकार सन्तोष आलेलाई तथा अगमसिँह तामाङ प्रतिभा पुरस्कार कवि तथा सम्पादक पेम नर्बू शेर्पा ’ज्योति’लाई अर्पण गर्ने घोषमा गरेको हो। यही २४ मार्चको सम्मेलनको स्थापना दिवसको अवसर पारेर प्रदान गरिने निर्णय गरेको छ। यसरी नै साहित्य क्षेत्रमा धेरै समयदेखि योगदान पुर्‍याउँदै आइरहेका राज्यको पॉंचवटा जिल्लाबाट दुई दुईजनालाई अनि दक्षिण जिल्लाबाट नारी र पुरुष गरेर तीनजना गरेर जम्मा एघाह्र जनालाई साहित्य सम्मान पुरस्कारले सम्मानित गरिने भएको छ। पूर्व सिक्किम गान्तोकबाट वरिष्ठ कवि तथा सिक्किम अकादमीको महासचिव पूर्ण योञ्जन अनि नारी हस्ताक्षर सुधा एम राई, पाक्योङ जिल्लाबाट वरिष्ठ लेखक तथा साहित्यकार राज के श्रेष्ठ तथा नारी हस्ताक्षर भक्ति शर्मा, पश्र्चिम सिक्किम गेजिङ जिल्लाबाट वरिष्ठ साहित्यकार गोबरधन बास्तोला तथा नारी हस्ताक्षर अप्सरा दाहाल, सोरेङ जिल्लाबाट वरिष्ठ कवि चक्रधर रुछेन्बुङ तथा कवि लिनु खालिङ छन्‌। यसरी नै दक्षिण सिक्किम नाम्चीबाट वरिष्ठ कवि तारामणी मोक्तान, सरला राई तथा नामथाङबाट कृपानन्द सापकोटालाई साहित्य सम्मान २०२३ ले सम्मानित गरिने छ। ज्ञात रहोस, दक्षिण सिक्किम साहित्य सम्मेलनले शिवकुमार राई स्मृति सम्मान पुरस्कार तथा अगमसिँह तामाङ प्रतिभा पुरस्कार सन २०१९ सम्म भानुजयन्ती समारोहको अवसरमा प्रदान गर्दै आइरहेको थियो भने २०२२ देखि सम्मेलनको स्थापना दिवसको अवसरमा प्रदान गरिने निर्णय गरिएको थियो। दक्षिण सिक्किम साहित्य सम्मेलनको स्थापना २४ मार्च १९९५ मा भएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *