किराँत खम्बु राई सांस्कृतिक संस्थान महकुमा समितिद्वरा साकेला पर्व पालन

IMG_20221208_180042.jpg

मिरिक: किराँत खम्बु राई सांस्कृतिक संस्थान मिरिक महकुमा समितिले किराँत खम्बु राई जातिकाे महत्त्वपूर्ण पर्व साकेलालाई वैश्विकरूपमा परिचय गराउन बिहीबारदेखि चार दिवसीय साकेला पर्व पालन शुरू गऱ्यो। उक्त पर्व आगमी ११ दिसम्बरसम्म भब्यताकाे साथ पालन गर्ने भएकाे छ। साकेला पर्वकाे पहिलाे दिन बिहीबार मङ्सिरे पुर्णिमाकाे पावन अवसरमा मिरिक कृष्णनगरमा रहेकाे किरातेश्वर माङ्खिममा माङ्पा,माङमा अनि बुडाैलीहरूले सुन्निमा पारूङकाे आशीर्वाद लिएर पूजा अर्चना गरे। यस अवसरमा किराँत खम्बु राई सांस्कृतिक संस्थान मिरिक महकुमा समितिका अध्यक्ष राजकुमार राई, केन्द्रीय समिति संस्थापक सदस्य कैलास राई दुमी, सहसचिवहरू अर्पण राई, कैलास राई, काेषाध्यक्ष शिशिर राई, प्रवक्ता राजीव राई, मुख्य सल्लाहकार सिके साङपाङ, कार्यक्रम सञ्चालन समितिका कार्यकारी अध्यक्ष सूर्यमणि राई, सचिव पुरण राई, काेषाध्यक्ष सम्झाैता राई लगायत विभिन्न शाखाका प्रतिनिधिहरू उपस्थित थिए। यस अवसरमा बाेल्दै किराँत खम्बु राई सांस्कृतिक संस्थान मिरिक महकुमा समितिका सहसचिव अर्पण राईले खम्बु राईहरूले प्रत्येक वर्ष मङ्सिरे पूर्णिमा पारेर उधाैली साकेला पर्व पालन गर्ने गर्छ जसकाे औचित्य खम्बु राईहरू प्राकृतिक पुजारी भएकाे कारण प्रत्येक बर्ष प्रकृतिले हामीलाई अन्नवाली दिएकाे अनि राेग, कष्टदेखि टाडाे राख्ने विश्वास रहेकाेले पूजा अर्चना गरेर प्रकृतिलाई धन्यवाद ज्ञापन साथै यस समय सम्पूर्ण देवी देवताहरू समतलमा झर्ने हुनाले तिनीहरूकाे यात्रालाई सुखद बनाउनु पनि रहेकाे बताए। तिनले चार दिवसीय साकेला पर्वकाे समापनकाे दिन अर्थात ११ दिसम्बरमा हाम्राे सांस्कृतिक ऱ्याली पनि निकालिने जसमा किराँत खम्बु राईहरूकाे संस्कार र संस्कृतिकाे झाकी प्रस्तुत गरिनेछ भने। तिनले हाम्राे पुराेहित माङपा, माङमारूकाे प्रयाेग गर्ने मुन्धुमहरूकाे महत्त्व र अर्थबाेध गराउने उदेश्यले पनि उक्त कार्यक्रम गरिने निधाे गरिएकाे जानकारी गराउदै खम्बु राई जातिलाई जनजातिकाे मान्यताकाे दिर्घ लम्बित जायज मागलाई सशक्त बनाई यसप्रति सरकारकाे ध्यान आकर्षण गराउनु पनि उक्त कार्यक्रम गरिएकाे बताए।

अर्पण राईले अझा चार दिवसीय साकेला पर्व कार्यक्रममा खम्बु राईजातिकाे संस्कार, संस्कृति, भेषभूशा, खानपान आदि झलकाँउन प्रदर्शनी पनि राखिकाे जानकारी गराँउदै कार्यक्रममा सिली नृत्य साथै मिनछमा राईले गीतहरू पनि प्रस्तुत गर्ने बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *