इस्लामिक स्टेटले लियो काबुलस्थित पाकिस्तानी दूतावासमा भएको आक्रमणको जिम्मेवारी

blast_in_kabul.jpg

इस्लामावाद: इस्लामिक स्टेट (आईएस) ले अफगानिस्तानस्थित पाकिस्तानी दूतावासमा गत हप्ता भएको आक्रमणको जिम्मेवारी लिएको छ। यस हमलामा पाकिस्तानी मिसन प्रमुखको ज्यान गएको थियो, जसमा उनका एक सुरक्षाकर्मी घाइते भएका थिए। आईएसले शनिबार ढिलो जारी गरेको एक संक्षिप्त बयानमा दावी गरेअनुसार यसका दुई लडाकुहरूले “पाकिस्तानी राजदूत” र उनका सुरक्षाकर्मीहरू पाकिस्तानी दूतावास परिसर भित्र रहेको बेला आक्रमण गरे, एक सुरक्षाकर्मीलाई घाइते बनाए र भवनमा क्षति पुर्यायो। उनले थप विवरण भने दिएनन्। अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार भएको आक्रमणमा पाकिस्तानी सुरक्षाकर्मी इसरार मोहम्मद घाइते भएका छन्। उनी सेनाको कमाण्डो युनिटका हुन्। तर मिसनका प्रमुख उबेद–उर–रहमान निजामी भने सकुशल बचेका छन्। आक्रमण यस्तो समयमा भएको हो जब इस्लामाबादले अफगानिस्तानमा लुकेर बसेका पाकिस्तान विरोधी सेनाले आक्रमण गरिरहेको दाबी गरेको थियो। यो दाबीलाई लिएर दुवै देशमा तनाव उत्पन्न भएको छ। इस्लामावादको विदेश मन्त्रालयले इस्लामिक स्टेटको दाबी पुष्टि गर्ने प्रयास गरिरहेको बताएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *