टिंगलिंगमा च्याम्पियन्स कपः फेथ फाइटर्स र लोहागढ़ एफसी विजयी

IMG_20221202_002020.jpg

१ दिसम्बरः नमुना परिवार, टिंगलिंग चियाबारीको तत्त्वावधानमा आयोजित च्याम्पियन्स कप खुल्ला नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा बिहीवार दोस्रो राउण्डको दुईवटा म्याच खेलियो। स्थानीय गढ़ी खेल मैदानमा भएको पहिलो म्याचमा फेथ फाइटर्स (फुवागढ़ी)-ले बुङकुलुंग एफसी-लाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट लाक्पाले १६औं, सोनमले २८औं र उमंगले ४९औं मिनटमा गोल गरे। बुङकुलुंग एफसी-बाट राहुल राईले ५८औं मिनटमा गोल गरे। यसरी नै दोस्रो म्याचमा लोहागढ़ एफसी-ले बाघडुग्रा एफसी-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट ज्ञानदीपले २१औं र प्रवेशले ३४औं मिनटमा गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक नमुना परिवार टिङलिङको पक्षमा बिपेन थापाले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *