निर बहादुर गुरुङलाई ध्यानचन्द पुरस्कार

IMG-20221201-WA0106.jpg

१ दिसम्बरः प्यारा एथलीट निर बहादुर गुरुङलाई बुधवार नयाँ दिल्लीको राष्ट्रपति भवनमा भएको राष्ट्रिय खेल पुरस्कार समारोहमा राष्ट्रपति दौपदी मुर्मूले लाइफटाइम अचीवमेण्टको निम्ति प्रतिष्ठित ध्यानचन्द पुरस्कार २०२२-ले सम्मानित गरिन्। निर बहादुर गुरुङले १९८०-को दशकदेखि प्यारा खेलहरूमा हिस्सा लिन शुरु गरेका थिए। उनले ३१ वटा स्वर्ण सहित ५५ भन्दा अधिक अन्तर्राष्ट्रिय पदक जितिसकेका छन्। तीन दशकभन्दा अधिकको प्यारा स्पोर्ट्स करियरमा उनले २००४-मा भएको एथेन्स प्यारालम्पिक गेम्समा डिस्कस थ्रो स्पर्धामा छैटौं स्थान हासिल गरेका थिए। गोर्खा रेजिमेण्टमा हुँदा साल १९८३-मा निर बहादुर गुरुङ घाइते भएका थिए अनि त्यहीँबाट प्यारा खेलहरूमा उनको यात्रा शुरु भएको थइयो। उनको परिवार छैन अनि किर्कीको प्याराप्लेजिक रिह्याबिलिटेशन सेण्टर नै १९८०-को दशकको मध्यदेखि उनको घर बनेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *