ओभिया आर्ट सर्कलको पहलमा तीन दिवसीय कार्यशाला सम्पन्न

IMG-20221128-WA0363.jpg

गान्तोक: ओभिया आर्ट सर्कलको आयोजनामा सम्पन्न तीनदिने जलरंग कला कार्यशाला एवं प्रदर्शनी कार्यक्रम आज समाप्त भयो। नेपालको अन्तरराष्ट्रिय जलरंग संगठनको सक्रिय भूमिका रहेको यस तीनदिने कार्यक्रमको अन्तिम दिन मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले कला सम्पूर्ण सृष्टिकै अभिव्यक्त गर्ने साधन रहेको विचार पोखे। कलाकारहरूले मानव जीवनको सार्थकतालाई केवल कलाकारहरूले बुझेका हुन्छन् भन्ने उल्लेख गर्दै कलाकारहरूको जीवनमा भौतिक कुराहरूको अभाव हुनसक्छ तर अन्तरमनदेखि नै कलाकारहरू समृद्ध हुन्छन् भन्ने विचार पोखे। कलाकारहरूले आफ्नो कलालाई विश्वअघि प्रस्तुत गर्दा जुन आनन्द अनुभव गर्छन् त्यो परमसुख रहेको खालिङले मन्तव्य पोखे। यसर्थ, कलाकारहरू समृद्ध रहेको उनले बताए।

जलरंगमाथि आयोजित तीनदिने कार्यशाला एवं प्रदर्शनी कार्यक्रममा अन्तरराष्ट्रिय जलरंग संगठनका अध्यक्ष एनबी गुरुङको नेतृत्वमा नेपालबाट १० जना जलरंग विशेषज्ञहरूले सहभागिता जनाएका थिए भने सिक्किमबाट १५ जनाले सहभागिता जनाएका थिए। यस कार्यशालाको मुख्य उद्देश्य राज्यको पर्यटनलाई चित्रकारितामार्फत अघि लैजान रहेको ओभिया आर्ट सर्कलका महासचिव दिवाकर लामिछानेले मन्तव्य पोखे। आजको कार्यक्रममा नेपाल अनि सिक्किमकै जलरंग विशेषज्ञहरूले जलरंग कलाबारे आ-आफ्नो विचार पोखे। यस सत्रलाई वरिष्ठ कवि प्रवीण राई जुमेलीले सञ्चालन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *