वेष्ट इण्डिज विरुद्ध सीरीजको निम्ति वार्नर र स्टार्क अष्ट्रेलियाई टीममा

IMG-20220928-WA0131.jpg

२८ सेप्टेम्बरः अनुभवी ओपनिंग ब्याटर डेविड वार्नरको साथमा तीन अन्य शीर्ष खेलाड़ी वेष्ट इण्डिज विरुद्ध दुईवटा म्याचको सीरीजको निम्ति अष्ट्रेलियाई टी२० टीममा फर्किएका छन्। आयोजक अष्ट्रेलियाको नजर अहिले टी२० विश्व कपमा आफ्नो खिताब बचाउनुमा रहेको छ। वार्नरको साथमा अलराउण्डर मिचेल मार्श र मार्कस स्टोइनिस तथा पेस बलर मिचेल स्टार्क पनि १६ सदस्यीय अष्ट्रेलियाई टीममा फर्किएका छन्। यी सबैले भारत विरुद्ध तीनवटा म्याचको टी२० सीरीज खेलेका थिएनन्। त्यस सीरीजमा अष्ट्रेलिया १-२-ले हारको सम्मुखीन भएको थियो। आउँदो महिनादेखि अष्ट्रेलियामा शुरु हुने टी२० विश्व कपलाई ध्यानमा राखेर भारत विरुद्ध सीरीजमा वार्नरलाई विश्राम दिइएको थियो। यसबाहेक मार्श, स्टोइनिस र स्टार्क चोटबाट मुक्त भइसकेका छन्। भारतमा कप्तान एरोन फिञ्चसँग ईनिंग्सको शुरुवा गर्ने अलराउण्डर क्यामरन ग्रीनलाई १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म हुने विश्व कपको निम्ति अष्ट्रेलियाई टीममा नराखिए पनि वेष्ट इण्डिज विरुद्ध सीरीजमा उनलाई देखिनेछ।
क्रिकेट अष्ट्रेलिया (सीए)-ले बुधवार जारी बयानमा बताएअनुसार, पेस बलर केन रिचर्डसन र स्पिन बलिंग अलराउण्डर एश्टन एगर ५ अक्टोबरको दिन गोल्ड कोस्ट र दुई दिनपछि गाबामा वेष्ट इण्डिज विरुद्ध खेलिने म्याचहरूमा टीमका हिस्सा हुनेछैनन्। टी२० विश्व कपमा अष्ट्रेलियाको पहिलो म्याच २२ अक्टोबरमा सिडनी क्रिकेट ग्राउण्डमा न्यूजील्याण्ड विरुद्ध रहेको छ। राष्ट्रिय चयन समितिका अध्यक्ष जर्ज बेलीले भने, विश्व कप नजिकै रहेको हुनाले हामी सतर्कताको साथ खेलाड़ीहरूलाई खेलाउने नीति अप्नाउने छौं। अब ईंग्ल्याण्ड विरुद्ध आउँदो सीरीजमा एगर र रिचर्डसनलाई टीममा राखिने सम्भावना छ। ईंग्ल्याण्ड विरुद्ध तीनवटा म्याचको टी२० सीरीज ९-देखि १४ अक्टोबरबीच पर्थ र केनबरामा हुनेछ।
अष्ट्रेलियाई टीमः
एरोन फिञ्च (कप्तान), सीन एबट, प्याट कमिन्स, टिम डेविड, क्यामरन ग्रीन, जोश हेजलवुड, जोश ईंग्लिश, मिचेल मार्श, ग्लेन म्याक्सवेल, डेनियल सेम्स, स्टीव स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यू वेड, डेविड वार्नर र एडम जाम्पा।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *