युथ फ्रण्ट सुपर लीगः मुम्बई सिटी एफसी-को एकतर्फी जीत

IMG_20220927_230606.jpg

२७ सेप्टेम्बरः युथ फ्रण्टको तत्वावधानमा आयोजित युथ फ्रण्ट सुपर लीग फूटबल प्रतियोगितामा मंगलवार मुम्बई सिटी एफसी-ले जीत हासिल गऱ्यो। सिलगढ़ीको गुल्मा स्टेशन नजिक युथ फ्रण्ट मैदानमा जारी यस टुर्नामेण्टमा आज खेलिएको म्याचमा मुम्बई सिटी एफसी-ले एफसी गोवालाई ६-१-ले पराजित गऱ्यो। विजेता टीमबाट अशोकले ह्याट्रिक गरे। यसबाहेक उज्जल, राजा र आदित्यले १-१ गोल गरे। एफसी गोवाबाट एकमात्र गोल नीरज उरावँले छिराए। मुम्बई सिटी एफसी-का अशोक मुण्डालाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले बताएअनुसार, गत १६ सेप्टेम्बरदेखि शुरु यस टुर्नामेण्टको दोस्रो संस्करणमा स्थानीय खेलाड़ीहरूलाई प्रेरणा र प्रोत्साहन प्रदान गर्न अंशग्रहणकारी टीमहरूका नाम आईएसएल-का शीर्ष टीमहरूका नाममा राखिएको छ। टुर्नामेण्टमा जम्मा आठवटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। प्रत्येक ग्रुपबाट विजेता अनि उपविजेता टीमले सेमिफाइनलमा स्थान बनाउनेछ। फाइनल ३ अक्टोबरमा हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *