युथ फ्रण्ट सुपर लीगः केरला ब्लास्टर्स र बेंगलुरु एफसी-बीच म्याच ड्र

IMG_20220922_233342.jpg

२२ सेप्टेम्बरः युथ फ्रण्टको तत्वावधानमा आयोजित युथ फ्रण्ट सुपर लीग फूटबल प्रतियोगितामा बिहीवार केरला ब्लास्टर्स र बेंगलुरु एफसी-बीच खेलिएको म्याच १-१-ले ड्र रह्यो। सिलगढ़ीको गुल्मा स्टेशन नजिक युथ फ्रण्ट मैदानमा जारी यस टुर्नामेण्टअन्तर्गत आज भएको म्याचमा बेंगलुरु एफसी-बाट जगत थापाले अनि केरला ब्लास्टर्सबाट राजा साईबोले गोल गरे। राजा साईबोलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी नै बुधवार नर्थ ईष्ट युनाइटेड एफसी र एफसी गोवाबीच खेलिएको म्याच पनि १-१-ले ड्र रह्यो।

आयोजकहरूले बताएअनुसार, गत १६ सेप्टेम्बरदेखि शुरु यस टुर्नामेण्टको दोस्रो संस्करणमा स्थानीय खेलाड़ीहरूलाई प्रेरणा र प्रोत्साहन प्रदान गर्न अंशग्रहणकारी टीमहरूका नाम आईएसएल-का शीर्ष टीमहरूका नाममा राखिएको छ। टुर्नामेण्टमा जम्मा आठवटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। प्रत्येक ग्रुपबाट विजेता अनि उपविजेता टीमले सेमिफाइनलमा स्थान बनाउनेछ। फाइनल ३ अक्टोबरमा हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *