भारत-पाक म्याच नभएर एशिया कप जित्ने हाम्रो लक्ष्यः सौरभ गांगुली

IMG-20220817-WA0163.jpg

१७ अगस्तः जिम्बाब्वे विरुद्ध तीनवटा वनडे म्याचको सीरीज खेलेर भारतीय टीम एशिया कप २०२२-को निम्ति यूएई पुग्नेछ। टुर्नामेण्टको पहिलो म्याचमै भारत र पाकिस्तानबीच भिड़न्त हुनेछ। एशिया कपमा भारतीय टीमको कप्तानी रोहित शर्माले गर्नेछन्। यसरी पाकिस्तानको टीम बाबर आजमको कप्तानीमा खेल्न ओर्लिनेछ। आउँदो २८ अगस्तको दिन खेलिने बहुप्रतीक्षित म्याचलाई लिएर बीसीसीआई अध्यक्ष तथा भारतका पूर्व कप्तान सौरभ गांगुलीले प्रतिक्रिया दिएका छन्। उनको भनाइअनुसार, यस समय टीम म्यानेजमेण्टको ध्यान भारत-पाकिस्तान म्याचमा नभएर एशिया कप जित्नुमा रहेको छ। गांगुलीले भने, म यसलाई एशिया कपको रूपमा हेरिरहेको छु। म भारत बनाम पाकिस्तानको रूपमा कुनै टुर्नामेण्टलाई हेर्दिनँ। आफै पनि क्रिकेट खेल्दा भारत र पाकिस्तानबीच म्याच मेरो निम्ति अन्य कुनै म्याच जस्तै हुन्थ्यो। म सदा टुर्नामेण्ट जित्नमा विश्वास गर्छु। भारत असल टीम हो अनि गत केही समयदेखि लगातार असल प्रदर्शन गर्दै आएको । यसैकारण यस टीमले एशिया कपमा असल प्रदर्शन गर्ने आशा छ।
भारत र पाकिस्तानबीच यसअघि अन्तिमपल्ट २०२१-को टी२० विश्व कपमा भिड़न्त भएको थियो। त्यस समय पाकिस्तान १० विकेटले विजयी भएको थियो। आईसीसीको कुनै पनि टुर्नामेण्टमा त्यो भारतको पाकिस्तान विरुद्ध पहिलो हार थियो। यसैकारण भारत त्यस हारको बद्ला लिन उत्सुक छ। टीम इण्डियाको निम्ति एशिया कप कुनै नयाँ टुर्नामेण्ट होइन। भारतले सातपल्ट एशिया कपको खिताब जितिसकेको छ। यसरी नै एशिया कपमा भारत र पाकिस्तानबीच १४ पल्ट भिड़न्त भइसकेको छ। यसमा भारतले ८ वटा म्याच जितेर ५ वटा हारेको छ। यसमा ५ वटा जीत त २०१० पछि पाकिस्तान विरुद्ध ६ वटा म्याचमा आएको छ। भारतले अन्तिमपल्ट २०१४-मा मीरपुरमा पाकिस्तानलाई पराजित गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *