जनउन्मुक्ति दिवस कार्यक्रमलाई ध्यानमा राख्दै चालक मोर्चाको तयारी बैठक सम्पन्न

IMG-20220805-WA0207.jpg

गान्तोक: आगामी १० अगस्तको दिन जोरथाङ मैदानमा आयोजना हुने पाँचौं जनउन्मुक्ति दिवसको महाभेलालाई ध्यानमा राख्दै सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको भ्रातृ संगठन चालक मोर्चाले सो दिन मानिसहरूको आवत जावत व्यवस्थाबारे एक तयारी बैठक आयोजना गऱ्यो। आजको बैठकमा चालक मोर्चा राज्य समितिका प्रतिनिधिहरूसँगै, युवा मोर्चा, समष्टि समितिका अध्यक्ष, सचिव, गान्तोक, पाकिम अनि मंगन जिल्लाका चालक मोर्चाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यस अवसरमा पाँचौं जनउन्मुक्ति दिवसको दिन भेला हुने मानिसहरूलाई कार्यक्रमस्थलसम्म पुऱ्याउने व्यवस्था साथै ट्राफिक सम्बन्धित विषयमा छलफल गरियो। आज सबै जिल्लाका प्रतिनधिहरू वाहनको स्टीकर अनि टोकन वितरण गर्दै जिम्मेवारीहरू सुम्पिइयो। अब नाम्ची, गेजिङ अनि सोरेङ जिल्लाका प्रतिनिधिहरूलाई लिएर चालक मोर्चाले तयारीबारे बैठक गर्ने भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *