सोरेंगमा इण्डिपेण्डेन्स डे फूटबलः मिक्स अप् बोइज विजयी

IMG_20220804_192347.jpg

४ अगस्तः सिंगलिंग स्पोर्टिंग क्लब, सोरेंग र सोरेंग जिल्ला प्रशासनको तत्त्वावधानमा आयोजित पहिलो इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्टमा बिहीवार भएको म्याचमा खरसाङको मिक्स अप् बोइजले सजिलै जीत हासिल गऱ्यो। यस नाइन ए साइड टुर्नामेण्टअन्तर्गत आज स्थानीय सोरेंग खेल मैदानमा भएको म्याचमा मिक्स अप् बोइजले झापा एकादश (नेपाल)-लाई ४-१-ले पराजित गऱ्यो। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *