सोरेंगमा इण्डिपेण्डेन्स डे फूटबलः मानेभञ्ज्यांग फूटबल क्लबको एकतर्फी जीत

photocollage_2022821965956.jpg

२ अगस्तः सिंगलिंग स्पोर्टिंग क्लब, सोरेंग र सोरेंग जिल्ला प्रशासनको तत्त्वावधानमा आयोजित पहिलो इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्टमा मंगलवार भएको म्याचमा मानेभञ्ज्यांग फूटबल क्लबले एकतर्फी जीत हासिल गऱ्यो। यस नाइन ए साइड टुर्नामेण्टअन्तर्गत आज स्थानीय सोरेंग खेल मैदानमा भएको म्याचमा मानेभञ्ज्यांग फूटबल क्लबले सिक्किमको मालबासे बुदांग युनाइटेड फूटबल क्लबलाई ५-०-ले पराजित गऱ्यो। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *