गान्तोकमा आपदा प्रबन्धन न्यूनीकरणमाथि तालिम

IMG-20230522-WA0350.jpg

गान्तोक: ग्लेशियल लेक आउटबर्स्ट फ्लड र उच्च क्षेत्रमा अन्य प्रकोपको न्यूनीकरण र व्यवस्थापनको बारे प्रशिक्षण आरम्भ भयो। सिक्किम राज्य आपदा प्रबन्धऩ प्राधिकरणद्वारा लालबहादुर शास्त्री नेशनल एकेडेमी अफ् एडमिनिस्ट्रेशनको सहयोगमा आयोजित प्रशिक्षण कार्यक्रममा शिक्षा विभागका अतिरिक्त मुख्य सचिव आर तेलाङले सम्बन्धित समस्यालाई सम्बोधन गर्दै हाम्रो दैनिक कार्यमा जोड दिनका लागि तालिमको आयोजना गरिएको बताए। उनले जिल्ला स्तरमा कर्मचारीलाई दिने तालिका अनुसार निर्देशन दिने र रोकथाम र सचेतना अभिवृद्धिका लागि राम्ररी जानकार हुनुपर्ने बताए। उनले प्रशिक्षण कार्यक्रम सामान्यतया कुनै पनि विपद्को पूर्वतयारीसँग सम्बन्धित गतिविधिहरूमा केन्द्रित हुने बताए।

यस्तो कार्यक्रम प्रकोप सम्बन्धी रहने उल्लेख गरे। जीवन र सम्पत्तिको रक्षाका लागि गरिने कार्यलाई समेट्ने रोकथामको अवधारणालाई अवलम्बन गर्न समाजमा चेतना जगाउनुपर्ने बताए। उनले जिल्ला तहका अधिकारीहरुलाई विपद् रोकथाम कार्यको मुख्य क्षेत्र भएको जिल्ला प्रशासनको मुख्य कार्यको अवधारणालाई उजागर गर्ने तालिम कार्यक्रममा सहभागी हुन आग्रह गरे। उनले जलवायु परिवर्तनबारे चिन्ता व्यक्त गरे। बारम्बार बादल ङ्गाटने र पैह्रो खस्ने क्रम भएको उनले बताए। कुनै पनि विपद्को प्रभावलाई न्यूनीकरण गर्ने उपाय पहिचान गरी न्यूनीकरणका लागि रणनीति बनाउन सम्बन्धित विभागलाई आग्रह गरे। राहत आयुक्त अनिलराज राईले सबै पहाडी राज्यहरूका सहभागीहरूलाई स्वागत गर्दै यो तालिम कार्यक्रम सञ्चालन गर्न राज्य सरकारको लागि सौभाग्यको कुरा बताए। पहाडी क्षेत्रमा हुने विपद्का प्रकार सामान्यतया उस्तै हुने भएकाले सबै पहाडी प्रदेशले एकजुट भएर समस्याको समाधान गर्नुपर्ने उनको भनाइ थियो। उनले यी क्षेत्रहरूमा सामना गर्नुपरेको प्रमुख चुनौतीमा जलवायु परिवर्तनशीलता रहेको जानकारी दिए।

जलवायु सम्बन्धी जोखिमहरूको लागि सबैभन्दा बढी जोखिममा छ भन्दै सिक्किम धेरै संवेदनशील हुँदै गइरहेको जसमा पैह्रो माटोको क्षय, लामो समयसम्म सुख्खा माटो, हिमनदीको प्रकोप, अनियमित वर्षा, चरम जलवायु र जैविक विविधताको हानी रहेको उल्लेख गरे। एसडीएमएका अध्यक्ष प्रा वीके शर्माले यसअघि भएको बैठकमा छलफलअनुसार तालिम सञ्चालन भइरहेको बताए। क्षमता अभिवृद्धि बाढी र खडेरीका समस्यामा मात्र सीमित रहेका देशका हिमालय क्षेत्रका प्रकोपहरूको खतराबारे उल्लेख गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *