जनजाति विषय लिएर गोरामुमोद्वारा जागरुक कार्यक्रम जारी

IMG-20230319-WA0234.jpg

सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले जनजाति विषय लिएर जनतालाई जागरुक गराउने कार्य गर्दै जनतामाझ पर्चा वितरण कार्यलाई जारी राखेका छन्। यसै क्रममा रंगबुल धोतरिया रंगबुक समष्टि अन्तर्गत समष्टिका गोरायुमो अध्यक्ष बिकास सुब्बाको अगुवाईमा सोनादा ग्यारेज लाइनदेखि कोठीधुरा, रंगबुकसम्म जनताको घर दैलो पुगेर जनजातिको औचित्य बुझाउँदै पर्चा वितरण गरेको गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। यसै क्रममा समष्टि गोरायुमो सचिव प्रनित थापाले बिज्ञप्ति जारी गर्दै भने, लिम्बू र तामाङले जनजातिको दर्जा प्राप्त गरेपछि दार्जिलिङ पहाडमा बस्ने सम्पुर्ण गोर्खा जाति हुन् भनी सन् १९३१ को जनगणना अनुरुप गोर्खाहरुको छुट्टिएको सम्पूर्ण जात- उपजातहरुलाई जनजातिको दर्जा दिनु पर्छ भनेर २००५ मा गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङले त्यसताका केन्द्रीय मन्त्रीलाई पत्राचार गरेर जनाएका थिए। प्रनित थापाले थप जानकारी गराउदै भने, पहाडमा मुद्दा चोर्ने पार्टीहरु धेरै छन् तर जनजाति विषय लिएर सुवास घिसिङले पहिलाबाट नै कार्य गरिसकेका छन्। यसकारण अध्यक्ष मन घिसिङको निर्देशनमा पहाडभरि जनतालाई जनजाति विषय लिएर जागरुक गराउने कार्य भइरहेका छन्। केन्द्र सरकारले पनि यस विषयलाई लिएर चाडैं नै निर्णय गरी न्याय दिनेछ भनी हामीले विश्वास गरेका छौं भनी प्रनित थापाले आफ्नो विज्ञप्तिमा जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *