दोस्रो वनडेमा भारतको दुर्दशा, अष्ट्रेलिया १० विकेटले विजयी

IMG-20230319-WA0226.jpg

१९ मार्चः अष्ट्रेलियाले आइतवार खेलिएको दोस्रो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा आयोजक भारतलाई सजिलैसँग १० विकेटले पराजित गऱ्यो। यस जीतको साथै अष्ट्रेलियाले तीनवटा म्याचको वनडे सीरीजमा १-१-को बराबरी हासिल गऱ्यो। विशाखापट्टनमको डा. वाईएस राजशेखरा रेड्डी एसीए-भीडीसीए स्टेडियममा आइतवार खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै भारत २६ ओभरमा केवल ११७ रन बनाएर अलआउट भयो। मिचेल स्टार्कको अगुवाईमा अष्ट्रेलियाई पेस बलरहरूले भारतको ब्याटिंग क्रमलाई ध्वस्त पारे। भारतको तर्फबाट विराट कोहलीले ३१, अक्षर पटेलले २९ र रविन्द्र जडेजाले १६ रन बनाए। शीर्ष क्रममा कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्।

अष्ट्रेलियाई बलरहरूमा पेसर स्टार्कले सर्वाधिक ५ विकेट लिए। यसबाहेक सीन एबटले ३ र नेथन एलिसले २ विकेट हासिल गरे। जवाफमा अष्ट्रेलियाले २३४ बल बाँकी रहँदै ११ ओभरमा कुनै विकेट नगुमाइ १२१ रन बनाएर जीत हासिल गऱ्यो। मिचेल मार्शले ३६ बलमा ६ वटा छक्का र ६ वटा चौकाको साथ अविजित ६६ रन बनाए। यसरी नै ट्रेविस हेडले ३० बलमा १० वटा चौकाको साथ अविजित ५१ रन बनाए। यी दुईले विध्वंशी मिजासमा ब्याटिंग गर्दै अष्ट्रेलियालाई जीत दिलाए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *