कोविड़ भारत: कोरोना फेरी बढ्दै

IMG-20230318-WA0096.jpg

आज पनि कोरोनाको,१,०७१ नयाँ मामिला, ३ जनाकाे मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १,०७१ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,९५,४२० पुगेकाे छ। विगत २४ घण्टामा देशमा कोरोनाले राजस्थान मा १ जना, महाराष्ट्र मा १ जना र केरल मा १ जना गरी कुल ३ जनाकाे मृत्यु भएकाे छ। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,८०२ पुगेको छ। यसरी नै यस अवधिमा ५४२ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,५८,७०३ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८०% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या ५,९१५ रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ८८,५११ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,०२,०३,७६३ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ७,१६० जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६५,०४,७९८ जनाले यो खोप लगाइसकेको छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *