तीनजना सह प्राध्यापकहरूद्वारा लिखिक तीनवटा पुस्तकहरूको लोकार्पण  

6bc2c1df-b58c-422f-917d-6a2cdbf4e13d

 

खरसाङ: खरसाङ महाविद्यालयका तीनजना प्राध्यापकहरूद्वारा लिखित पुस्तकहरू विमोचन गरिएको छ। आज खरसाङ महाविद्यालयको प्रेक्षागृहमा सम्पन्न एक कार्यक्रममा यी तीन प्राध्यापकहरूका पुस्तकहरू विमोचन गरिएको छ। महाविद्यालयका प्राचार्य डा समीर बलको अध्यक्षतामा सम्पन्न विमोचनको कार्यक्रममा गोर्खा जनपुस्ताकालय खरसाङको मूल सचिव तथा साहित्य अकादमी दिल्लीका सदस्य विनोद रसाइली प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए। खरसाङ महाविद्यालयको शोध उप समितिको आयोजनामा सम्पन्न यो कार्यक्रमलाई राजनीति शास्त्रका उप प्राध्यपक कर्म शेर्पाले सञ्चालन गरेका थिए। कार्यक्रम अध्यक्ष अनि अतिथिहरूको बाहुलीबाट धुप-दीप प्रज्जवलनपछि आरम्भ गरिएको थियो। कार्यक्रममा वाणिज्य विभागकी उप प्राध्यापिका शितल ठटालले स्वागत वक्तव्य राखेकी थिइन्‌। कार्यक्रम अध्यक्ष अनि अतिथहरूको बाहुलीबाट  भूगोल विभागकी उप प्राध्यापक डा निली लेप्चाद्वारा लिखित पुस्तक अर्वनाइजेशन एण्ड अर्वन डेभलपमेन्ट करस्याङ मिनसिप्यालिटी, डा योगेश खातीद्वारा लिखित तुलसीबहादुर छेत्री साहित्य अकादमी सन्‌ २०२२/२१ अनि तेस्रो डा शंकरप्रसाद शाहा अनि मोति गजमेरद्वारा  लिखित पुस्तक विमोचन गरियो। अर्थशास्त्र विभागका उप प्राध्यापक दावा शेर्पाले निली लेप्चाद्वारा लिखित पुस्तकको समिक्षा प्रस्तुत गरेका थिए।  नेपाली विभागको अध्यापक सपन प्रधानले डा योगेश खातीद्वारा लिखित पुस्तकको समिक्षा गरेका थिए भने वनस्पति विज्ञान विभागकी उप प्राध्यापिका सुजता कालिकोटेले डा शंकरप्रसाद शाहा अनि मोति गजमेरद्वारा लिखित पुस्तकको समिक्षा गरेकी थिइन्‌। कार्यक्रममा बोल्दै गोजपुका मूल सचिव तथा प्रमुख अतिथि विनोद रसाइलीले आफू एक साधारण सामाजिक कार्यकर्ता रहेको र यस्तो शैक्षिक संस्थानको कार्यक्रममा सहभागी बन्न पाउँदा हर्ष लागेको बताए। आज लोकार्पित किताबहरू हाम्रो समाज अनि राष्ट्रकै निम्ति महत्वपूर्ण रहनेछ भन्ने लागेको पनि रसाइलीले बताउँदै डा निली लेप्चाद्वारा लिखित पुस्तक यसै भेकका सरोकारको विषय रहेकोले यसको प्रचार प्रसार गर्नु पर्ने सुझाउ राखे। डा निली शेर्पाले पुस्तक लेख्नको निम्ति तथ्यहरू संकलन गर्न सहयोग गर्ने अनि मार्ग दर्शन गर्नेहरूलाई धन्यवाद दिइन्‌। उनले आफूद्वारा लिखित पुस्तक पीएचडी शोध प्रबन्धनकै पुस्तकीय रूप रहेको पनि बताइन्‌। प्रा योगेश खातीले कार्यक्रममा तीनैवटा पुस्तक निरूपम गरिएकोमा धन्यवाद दिए। उनले आफ्नो पुस्तकमा कुनै संशोधन गर्न पर्ने भएमा सुझाउको अपेक्षा रहने पनि बताए। डा शंकरप्रसाद शाहाले आफ्नो पुस्तकमा उत्तर बंगालका आठवटा जिल्लाका मानिसहरूले प्रयोग गर्ने खाद्य पदार्थलाई आफूले तथ्यात्मक तर संक्षिप्त रूपमा प्रस्तुत गरेको बताए। उनले यो आफ्नो पाचौं पुस्तक रहेको जनाउँदै खाद्य विज्ञानको लागि अहिले आधुनिक उपकरणहरू पनि उपलब्ध हुँदै गरेको बताएका छन् । उनले आफ्नो पुस्तकमा पारम्परिक खाद्य पदार्थ लगायत तिनमा भएका बाह्य तत्वलाई पनि अध्ययन गरेर प्रस्तुत गरेको बताएका छन्। कार्यक्रममा सभाध्यक्षको रूपमा बोल्दै खरसाङ महाविद्यालयको प्राचार्य डा समीर बलले महाविद्यालयको शोध उप समितिले गरेको यो कार्यक्रमलाई सराहना गर्दै तीनैजना लेखकहरूलाई बधाई दिए। उनले तीनवटै पुस्कहरूमाथि संक्षिप्तमा बताए। कार्यक्रममा इतिहास विभागका सह प्राध्यापक मानादेव रायले धन्यवाद ज्ञापन गरेका थिए ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *