आत्महत्या रोकथाम र मीडियाकर्मीको भूमिकामाथि सचेतना कार्यक्रम आयोजित

IMG-20230309-WA0302.jpg

गान्तोक: राज्यमा बढदो आत्महत्यालाई कसरी रोकथाम गर्न सकिन्छ भन्ने उद्देश्यले आज राजधानीस्थित एक होटलमा आत्महत्या रोकथाममा मीडियाको भूमिकालाई लिएर एक सचेतना कार्यक्रम सम्पन्न भयो। राज्यका मीडियाहरूलाई लिएर आयोजित यस कार्यक्रममा एनएमएचपीका स्टेट प्रोग्राम अफिसर एवम संयुक्त निर्देशक डा. मदन मनि ढकाल. एसटीएनएम अस्पतालकी मनोचिकित्सक डा. उपासना गुरूङ, मनोचित्सक डा. सोनम ओ. लासोपा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यस अवसरमा विशेष गरेर आत्महत्याबारे मीडिया रिपोर्टिङ महत्वपूर्ण भूमिका रहेको डा. मदन मनि ढकालले जानकारी गराए। राज्य सरकारले आत्महत्या रोकथामलाई लिएर राज्यको सबै प्राथमिक चिकित्सालयमा परामर्शकर्ताहरू नियुक्ति गरिसकेको र हेल्प लाइन नम्बर पनि जारी गरिसकेको उनले अवगत गराए। मानिसहरूले विभिन्न कारणले आत्महत्या गर्दै आएको जानकारी गराउँदै आत्महत्याको ठोस एउटा मात्र कारण भने नरहेको उल्लेख गरे।तर कतिपय मीडियाले आत्महत्यालाई प्राथमिकता दिँदै सनसनी समाचार बनाएकोले गर्दा पनि आत्महत्याको संख्यामा वृद्दि भएको उनले ठोकुवा गरे। उनले थप जानकारी गराए अनुसार राज्यमा शीघ्र टोली मानस सेलको स्थापना गरिने भएको छ। यस सेलको माध्यमद्वारा आत्महत्यामा केही रोकथाम हुन सक्ने उनले सम्भावना व्यक्त गरे। यसै क्रममा डा. उपासना गुरूङले राज्यमा केही वर्षदेखि यता आत्महत्याको संख्यामा कमी आएको बताइन्। राज्यमा हाल ९ जना मनोचिकित्सक रहेको र २७ जना परामर्शकर्ता रहेको जानकारी गराइन्। यस अवसरमा डा. सोनम ओ. लासोपाले पनि पत्रकाहरूलाई सम्बोधन गरेकी थिइन्। यसरी नै पत्रकारहरूले आत्महत्या घटनाप्रति चिन्तित बन्दै आफ्नो बहुमूल्य सुझाउ राखे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *