
(ग) सहभागी वा चरित्र चित्रण
शिबु छेत्रीको म उभिएको धरती बाहिरबाट झ्वाट्ट हेर्दा निबन्ध सङ्ग्रजस्तो देखिए तापनि यसको विषयवस्तु, प्रस्तुति र लेखनशैली हेर्दा यो कथासङ्ग्र वा उपन्यास जस्तो भएको छ। निबन्धमा निबन्धकारका आफ्ना निजी अनुभूति हुन्छन्। निबन्धकार स्वतन्त्ररूपले भावनानामा बगिरहेको हुन्छ। तर यस सङ्ग्रमा प्रथम निबन्धदेखि कथावस्तु आरम्भ भएर अन्त्यसम्म गएको छ भने अनेक सहभागी पात्रहरू समावेश भएका छन्। यी पात्रहरू निरपेक्ष नभएर सापेक्ष छन्, क्रियाशील छन्। पहिलो निबन्धदेखि पात्रहरूको प्रमुख भूमिका रहेको छ र ती चरित्रहरूले विषयलाई गतिशील बनाउन प्रमुख भूमिका खेलेका छन्। यसमा आएका विभिन्न पात्रहरूले विभिन्न वर्गको प्रतिनिधित्त्व गरेकाछन् भनेती पात्रहरूको सहभागिता हेर्दा कतै नायक र कतै खलनायक बनेका छन्। निबनध छुट्टाछुट्टै शीर्षकमा आबद्ध भए तापनि बैचारिक रूपमा ती आपसमा जोडिएका छन्। यसरी हेर्दा यो सङ्ग्रह कथा तथा उपन्यासको नजिक पनि पुगेको छ।
म उभिएको धरतीमा- म, काकु, बुबा,क्षितिन्द्र मोहन सेन, गुरुदेव, सुवास घिसिङ, सन्दीप चौधरी,मङ्तुराम चौधरी, सुवास, बिमल गुरुङ, राजेश भट्टराई, मोहन लामा, के०एन० सुब्बा, प्रशान्त तामङ, ज्ञानेद्र अर्याल, महेन्द्र पी लामा, शिबु क्षेत्री, भाइचुङ् भुटिया,माइला दाजु, मामा, ठूलो दाजु, साइबाबा, फुच्चे, छोरा, चन्द्रमान राई, सूरज गुरुङ, सचिन भाइ, कालुसिंह रनपहेली, कृष्णसिंह मोक्तान, दुर्गा खरेल, गोपाल लामा, कृष्ण लामा, राम छेत्री, विमल राई, नरबहादुर दाहाल, पी अर्जुन, केशर भाइ,एडोन दाजु, सञ्जीव भाइ, सूरज, मकल, हनोक, दशरथ, बिमल दाजु, सुरेन्द्र पोद्दार, अभिषेक तामाङ, विनय तामाङ, सन्दीप चौधरी, नरबहादुर भण्डारी,राजेश भट्टराई, मेधा पाटकर, मिथुन चक्रवर्ती, चङ्की पाण्डे, सुनिल सेट्टी, गोविन्दा, भुवन के सी, दिनेशजी, शङ्कराचार्य जयनेन्द्र सरस्वती, दिनेश लालवानी, धर्म गुरु दलाइ लामा, ज्योति बसु, बुद्धदेव भट्टाचार्य, श्याम थापा, भाइचुङ भुटिया, आचार्य तुलसी, अब्दुल कलाम, राजीव गान्धी, सुशील शिन्दे, अभिजित सावन्त, सोनु निगम, के पी ओली, मन्नाडे, सुनिल गङ्गोपाध्याय, महाश्वेता देवी, अटल बिहारीबाजपेयी, नरेन्द्र मोदी, दिलीप दुगड, ध्रुव, ओम पुरी, कानु सन्याल, सौमेन दा, एक बी सुब्बा, बिमल राई, एम एम गुरुङ, रामजी राई, डा०कुमार प्रधानआदि पुरुष सहभागी पात्र र सेफाली, सुस्मिता, आमा, शान्ता छेत्री, श्रीमती, दिदी, माइजु, विन्द्यासुब्बा, सन्ध्या, चम्पा, सम्पा, रेखा लामा,गीता दिदी, उमा ,सुष्मिता सेन, ज्याकलिन फर्नाण्डेज, परविन बबी, जीनत अमान, महिमा चौधरी, विपना थापा आदि महिला पात्रहरू छन्।
उल्लिखित कतिपय सहभागीहरू विषयवस्तु वर्णनका क्रममा केवल नामोल्लेख भएका छन् भने कतिपय पात्रहरूले प्रमुख भूमिका निर्वाह गरेका छन्। म पात्र यस सङ्ग्रहको मुख्य सहभागी पात्र हो, उसकै केन्द्रियतामा निबन्धको विषयवस्तुबुनिएको छ। म पात्र अर्थात लेखक यस सङ्ग्रहको केन्द्रिय पात्र हो, उसले आफ्नो जीवन वर्णन गर्ने क्रममा विषयले गतिशिलता प्राप्त गरेको छ। विषयवस्तु मपात्रबाट आरम्भ भएर मपात्रमै पुगेर समाप्त भएको छ। यस दृष्टिले निबन्धको नायक म अर्थात लेखक शिबु छेत्री हुन्। लेखले जीवनमा भोगेका विगतका संस्मरणहरूको वर्णन गर्ने क्रममा कृतिको निर्माण भएको छ। अतः मपात्र कृतिको मूल नायक वा मुख्य सहभागी हो भने अन्य सहभागी उसकै जीवनलाई गतिशील पार्न आएका सहायक पात्र हुन्। सेफाली, दिदी, काकु, बाबा,कानु सन्याल, सौमौन दा आदि पत्रहरूको कृतिलाई अघि बढाउन प्रमुख भूमिका रहेको छ। यी पात्रहरू गतिशील पात्र हुन् यिनकै सहयोगले निबन्ध आघि बढेको छ। सङ्ग्रहमा आएका सहभागीहरू समाजका विभिन्न कार्यक्षेत्रमासक्रिय छन्। यी पात्रहरूले धनी, गरीब, शोषित, पीडित परिवेशको प्रतिनिधित्व गरेका छन्। सङ्ग्रमा आएका पात्रहरू काल्पनिक नभएर वास्तविक जीवनमा आधारित छन्। साँच्चै भन्ने हो भने म उभिएको धरती यथार्थपरककृति हो। यसमा आएका विषय, घटना, ठाउँ, परिवेश, सहभागी सबै सत्य विषयमा आधारित छन्। सङ्ग्रहलेयथार्थ जीवन बोकेको छ।
(घ)परिवेश,उद्देश्य र दृष्टिविन्दु
कुनै पनि कृतिमा चरित्रले सम्पन्न गर्ने कार्यब्यापार, घटनाहरू घट्ने स्थल, काल र वातावरणलाई परिवेश भनिन्छ। अर्को शब्दमा भन्नुपर्दा देशकाल र परिस्थिति नै परिवेशहो। निबन्धमा वस्तुको प्रस्तुतिसँगै परिवेश गाँसिए आउँछ र यसको क्षेत्र विस्तारित हुँदै जाँदा यसको परिवेश पनि विस्तारित हुँदै जान्छ।प्रस्तुतनिबन्ध सङ्ग्रहमा- सिलगढी, रायकत गढी, दार्जीलिङ, बङ्ग्लोर, गाइसाल, सुकना, दिल्ली, चेन्नै, मदुरै, कन्याकुमारी, रामेश्वरम, मैसूर, पुट्टापर्ती, तिरुपति, धर्मशाला, पटना, नथुला, मिनतोङ, कलकत्ता, जलपाइगढी आदि परिवेशसूचक स्थानका रूपमा आएका छन्। यो निबन्ध शहरी परिवेशमा आधारित छ। विशेष गरेर यसमा सिलगढी र यसको वरिपरिको परिवेश देखाइएको छ। यसमा लेखकको बाल्यकालदेखि प्रौढकालसम्मको परिवेश आएको छ। जीवनयात्रामा फेला पारी भेला गरिएका विविध अनुभूति,घटना आदिले यसमा स्थान पाएका छन्। यसमा दुःखान्त तथा सुखान्त दुवै प्रकारको परिवेश पाइन्छ। यसमा काल्पनिक परिवेश नभएर यथार्थ परिवेशको चित्रण भएको छ। यसका स्थान, समय, पात्र, घटना आदि सबै सत्य विषयमा आधारित छन्। लेखकले आफूलाई केन्द्रवर्ती पारेको भए तापनि यसमा आएका सबै घटनाहरूले विशिष्ट स्थान ओगटेका छन्। यस सङ्ग्रहले नेपाली परिवेशका साथै बङ्गाली परिवेशलाई पनि समेटेको छ। यसले बङ्गाली घरपरिवारका कला-संस्कृति, भाषा, खानपान, रहन-सहन, शिक्षा-दीक्षा आदि विभिन्न परिवेशको पनि उठान गेको छ।लेखकले म उभिएको धरती भनेर आफूलाई सीमित पारेको भए तापनि त्यो धरतीमा उनी मात्र नभएर अनेक परिवेशले स्थान पाएका छन्। ती विविध घटनाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले लेखकलाई प्रभाव पारेका छन्। यस सङ्ग्रहमा आन्तरिक एवं बाह्य दुवै परिवेश आएको छ। चन्द्रमान हाँसेको दिन, गीता दिदी, कानु सन्याल आदि पात्रले आन्तरिक मनको परिवेशलाई निकै नै घच्घचाएको छ भने गाइसालको घटनाले बाह्य परिवेशलाई निकै भावुक बनाएको छ। यी घटना बाहेक गोर्खालेण्ड नाममा गरिएको षडयन्त्रकारी आन्दोल, आफ्नै जातिलाई सिढी बनाएर गरिने अनेक प्रकारका जाल-झेलले समग्र जातिलाई हेर्ने परिवेशनै नकारात्मक बनेको छ। बाहिरबाट हेर्दा यो दुनियाँ जस्तो छ वास्तवमा भित्रबाट त्यस्तो छैन भन्ने परिवेशको उद्घाटन पनि यसमा भएको छ। निबन्धकार लेख्छन्- “विस्तारै यस पेशाको आन्तरिक र बाह्य दबाउलाई बुझ्दै थिएँ। कुनै दिन नामसितै राम्रो स्टोरी प्रकासित हुँदा पनि भित्रैबाट बाहिरकालाई प्रकाशित स्टोरी झुटो हो भन्ने साथै झुटो समाचार छापे कानुनी पाइला चालिने भन्दै फोन गरेर न्यूज एडिटरलाई धम्काउने गरिन्थ्यो। पछिबुझ्दा त त्यस्ता कार्य गर्नेहरू सबै त्यही समूहका हुँदा रहेछन्। नयाँ-नयाँ विषय-वस्तुको खोज गरेर राम्रो लेख्नेलाई पर पन्साउने गरिन्छ। यसले गर्दा मसित काम गर्ने प्रतिभा सम्पन्न धेरै युवा पत्रकारले यस पेशालाई नै त्यागे। राजेश सिंहले पनि पेशा नै छोडेर गए। गाईसाल दुर्घटनाको तीन चार दिनपछि अज्ञातमृतदेहलाई बालासानकोबगरमा सामूहिक रूपमा दाहसंस्कार गरियो। त्यस घटनाका दृश्यहरूले जन्माएका मानसिक स्थितिबाहिर निस्कन धेरै समय लाग्यो। जीवनको क्षणभङ्गुरतालाई सबैले बुझ्नसके संसार ढकमक्कफुलेका फूलहरूको फुलबारी जस्तै सुन्दर हुने थियो”।यसरी यस सङ्ग्रहले सूक्ष्मरूपले जीवन-जगतका अनेक पक्षका परिवेशमा विचरण गरेको छ।
निबन्धकारले आफ्नो जीवनमा घटेका अनुभव उद्घाटन गर्ने उद्देश्यमा यो निबन्ध सङ्ग्रको निर्माण भएको छ। यिनले आफ्नो व्यक्तिगत जीवनका अनुभव देखाउने उद्देश्य राखेको भए तापनि यसमा समाजका अन्य विषयले पनिप्रवेश पाएका छन्। यो सङ्ग्रहमा प्रथमपुरुष दृष्टिबाट आरम्भ भएर बिस्तारैतृतीयपुरुष दृष्टिबिन्दुमा विचरण गरेको छ। व्यक्तिगत जीवनका यथार्थ घटना देखाउँदै गर्दासमाजका अनेक विषयमाथि आफ्नो दृष्टि पुराएका छन्। विभिन्न शीर्षकका चौधवटा निबन्धद्वारा यिनले आफ्नो बाल्यकालदेखि प्रौढकालसम्मको यत्राका अनुभवहरू देखाउने प्रयास गरेका छन्। उनी उभिएको धरतीको यात्रामा उनी एक्लो छैनन्। आफू बाँचेको धरतीको वरिपरिका विविध विषयले स्थान पाएका छन्। बाल्यकालदेखि नै उनको जीवनमा बङ्गाली समाजले प्रवेश गरेको छ। त्यो प्रवेश बाह्य नभएर विस्तारै आन्तरिक बनेको छ। लेखका जीवनमा त्यो भुल्नै नसकिने बनेर बसेको छ। यिनका निबन्ध कुनै एउटा निश्चित उद्देश्यमा आधारित नभएर बहुउद्देश्यका साथ अघि बढेका छन्। यसरी हेर्दा निबन्धकारको समाज बृहत् बनेको छ। यसका साथै उनको दृष्टि अनेक ठाउँमा छरिएको छ।नेपाली समाज बाहेक बङ्गाली समाजका विशेषता,राजनीतिक घटनाहरू, पत्रकारितामा देखिने विभेद, दुर्घटना हुँदाका कारुणिक दृश्य, आत्महत्या आदि जस्ता अनेक विषयमा दृष्टि पुगेको छ।यसरी हेर्दाम उभिएको धरती बृहत परिवेश, बृहत उद्देश्य र बृहत्दृष्टि बोकेको बहुआयामिक रचना बन्न पुगेको छ।
(ङ) भाषाशैलीय विन्यास
भाषा भनेको कृतिलाई अघि बढाउने माध्यम हो। व्यवस्थापनलाई भाषाशैलीय विन्यास भनिन्छ। निबन्ध विभिन्न संरचक घटकहरूबाट निर्मित संरचना हो।व्यवस्थित ढङ्गले क्रम मिलाएर राख्ने कामलाई विन्यास भनिन्छ।म उभिएको धरतीमा सरल, सहज, सुबोध, वस्तुगत र बोलचालको भाषा प्रयोग गरिएको छ। सङ्ग्रह स्पष्ट र मानक नेपाली भाषाका शब्द र वाक्यमा आबद्ध छ। वाक्यहरू सरल र छोटा छन्। प्रायः सबै निबन्धमा सरल वाक्यको प्रयोग गरिएको छ। कताकति सङ्युक्त र मिस्र वाक्यहरू छन् तर ती बोझिला र अस्पष्ट छैनन्। सबै निबन्ध वर्णनात्मक, विवरणात्मक र विश्लेषणात्मक शैलीमा प्रस्तुत गरिएको छ। सङ्ग्रहमा शुद्ध नेपाली भाषाको प्रयोग भए तापनि बाङ्ला भाषाप्रति विशेष आग्रह छ।बङ्गाली भाषी परिवेशमा बढेका र सानैबाट बाङ्ला भाषाको अध्ययन गरेकाले त्यसको प्रभाव सङ्ग्रभरि नै देखिएको छ। सानैबाट बङ्गाली स्कूलमा पढेका र उच्च तहमा बाङ्ला भाषा अध्ययन गरेका हुनाले पत्रकारिताको पेशा पनि बाङ्ला भाषाबाट आरम्भ गरेको बुझिन्छ। नेपाली भाषामा यी पछि मात्र प्रवेश गरेका हुन्। पछि गएर नेपाली भाषालाई आफ्नो कार्यक्षेत्र बनाए तापनि बाङ्ला भाषाप्रति भने यिनको विशेष सहानुभूति रहेको छ। त्यसैले यसको छाप निबन्धभरि स्पष्टरूपले देख्न सकिन्छ। बाङ्ला भाषाबाट प्रभावित मात्र होइन बाङ्ला भाषाका उत्कृष्ट व्यक्तिहरूबाट प्रभावित भएको कुरा यसमा पटक पटक प्रयोग गरिएका बङ्लाका उक्ति, भनाइ वा कथनबाट बुझ्न सकिन्छ।बाङ्लाभाषाप्रति विशेष आग्रह भए तापनि नेपाली भाषा पठनीय र स्तरीय छ।बङ्गाली भाषा प्रयोग गरेएका केही उदाहरण –“भालो काज करेछो, दुष्टो छेले(पृ०४५), ए दुष्टो छेले ता के किछु कथा बोलबो, बडो होये की होबे दुष्ट छेले,(पृ०४७) मृत्यु भय ना की, मृत्यर भए नोय, कि गुदेव मृत्यू भय ना की?(पृ०५२), भालो छेलो(पृ०५४), जोदी तोर डाक सुने कोइ ना आसे त बे एकला चोलो रे,(पृ०५४) होबेना, एतो भय किसेर,? आम्रा आछी तो, किछु होबे ना, दादा आपनार कि लागे ४० दिन बन्दो कोरले आलदा राज्य होबे? कतो गरीब लोग आछे ओरा कि कोरबे? ४० दिन तो किछु ना एक बोछर वन्द होलेओ किछु जाये आसेना। पहाडेकन्दमूल,क्वास प्रचुर आछे,ओई सब खेये लोकजन बाचबे(पृ०५५),निजेर दादा भाइके मेरेआलदा राज्य कोनो दिन होबेना। ए कथा घिसिङ साहेब केनो बुझेना! आपनी बोलून। निजदेर मोध्ये झगडा ना कोरे राज्य राज्य आर केन्द्र साथे कोरलो होतो येइ सब काज कोरले कोनो दिन आलादा राज्य होबेना(पृ०५६), “तोर काकु आसेनी, आसलेई मेयेके डाक्टर खाना निये जाबो, काकीमा चिन्ता कोरबेना, ओ ठीक होय जाबे(पृ०५७)मानुष मानुषेर जन्ने, जीवन जीवनेर जन्ने, एक्टु सहानुभूति कि, मानुष पेते पाने ना(पृ० १७१) आदि। बाङ्ला भाषाका उद्धरण, संवाद आदि प्रयोग गरिएका ठाउँमा त्यसको नेपाली अर्थ दिएर पाठकका लागि सहज र सरल बनाइएको छ। यस दृष्टिले निबन्धहरू साधारण पाठकले पनि सहजरूपमा भाषा पढ्न र बुझ्न सक्छन्।
भाषिक दृष्टिले उल्लिखित सङ्ग्रहमा शुद्ध र मानक भाषाको प्रयोग गरिएको छ तर कतिपय ठाउँमा स्थानीय भाषाको प्रभाव पाइन्छ जस्तै- सकिन्दै, खस्किन्दै, गर्नु पाउँदा, सकिन्दैन, गफिन्दै हिँड्न थाल्यौं,अभिभार लिए, मन्द मन्द मुस्कानमा उहाँले सबैलाईबस्ने आग्रह गर्नुभयो। त्यसपछिउनले जीवन जगतबारे सुन्दर प्रवचन दिए(पृ०१३१) ठूल्ठूला दुइवटा ट्रक घरमा आइपुग्यो(पृ०१५८), कहिले पलङमा लागेर बेलुन च्याट्ट फुट्यो(पृ०१५४) आदि। निबन्धमा कताकति क्रियाबिहीन वाक्यहरू पनि प्रयोग भएका छन् जस्तै- पहाडका एकक्षत्र राजा(पृ०६६), भाँदियो, मिरमिरे, साउ अक्षर, एकलो आदि। कतै कतै प्रुफ रिडिङ राम्ररी भएको देखिंदैन तर समग्रमा किताब स्तरीय बनेको छ। शैलीका हिसाबले पनिलेखक सफल छन्। वर्णनात्मक शैलीमा लेखिएको प्रस्तुत सङ्ग्रहका निबन्ध मूल विषय र शीर्षकबीच समन्वय कायम गरिएको छ। शीर्षकले मूल भावलाई स्पष्ट पार्न सफल भएका छन्। शीर्षक छोटा र अभिधात्मक छन्। समग्रमा म उभिएको धरती भाषाशैलीय विन्यासका दृष्टिले पठनीय छ।
६. उपसंहार
शिबु छेत्री पश्चिम बङ्गालको दार्जीलिङ जिल्ला अन्तर्गत सिलिगुढीको रायकत भन्ने ठाउँमा जन्मेर त्यहीं हुर्केर पढेर, कार्यक्षेत्र बनाएर विगत तीस वर्षदेखि पत्रकारिता र साहित्यसाधना गर्दै नेपाली समाजलाई प्रकाश देखाउने समसामयिक युगका चर्चित स्रष्टाहुन्। यिनी सरल र साधारण परिवारमा जन्मेर अनुशासनको पालन गर्दै वर्तमान युगको आडम्बरी समाजलाई प्रेरणा दिनेसक्ने नवीन प्रतिभा हुन्। यिनी उचित ढङ्गले कर्त्तव्यको निर्वाह गर्नसक्ने नेपाली भाषाका अथक साथक हुन्। अनेक अप्ठ्यारार विपरीत परिवेशमा पनि धैर्य धारण गरी जीवनपथमा अघि बढ्न सकिन्छ भन्ने कुशल पथप्रदर्शक हुन्। नेपाली भाषाका कतिपय पत्रपत्रिकाहरू उदाएर अस्ताएका देख्दादेख्दै पनि दृढविश्वासी बनेर अटल खाँबोझैं अडिग रहेर नेपाली पत्रकारितालाई नयाँ जीवन दिने यिनी नयाँ तपश्वी हुन्। आफ्ना अग्रज र अनुजले आँखाअघि पत्रकारिता छोडेर अन्य पेशा अप्नाएको देख्दादेख्दै पनि आत्मविश्वासलाई डगबगाउन नदिई दृढ भएर खडा रहने यिनी असल भाषासेवी हुन्। विगत बाइस वर्षदेखि हिमालयदर्पणका प्रमुख सम्पाकको पदमा रहेर इमानदारपूर्वक कर्त्तव्यको निर्वहन गर्दै आएका छन्। यिनको कुशल सम्पादन र निर्देशनमा पत्रिकाले निरन्तर उन्नति गर्दै आएको छ।
शिबुले पत्रकारिताका साथै साहित्यका विविध विषयमा कलम चलाएर बहुप्रतिभाशाली व्यक्तित्वको परिचय दिएका छन्। साहित्यका विभिन्न विधामा कलम चलाए तापनि यिनी मूलतः निबन्धकार हुन् र यसमा यिनीजीवन्त बनेका छन्। आफ्नो कार्यक्षेत्रमा यिनले स्वच्छन्द र निर्भिकताका साथ विचारको प्रस्तुति गरेका छन्। यिनी आफूले जीवनमा व्यतीत गरेका यथार्थका साथै समाजका विभिन्न बेथितिहरूको उद्घाटन गर्ने निडर साहित्यकार हुन्। यिनी समसामयिक युगका सामाजिक-यथार्थवादी कथाकार एवं निबन्धकार हुन्। यिनी भाषा-साहित्य, संस्कृति, धर्म आदिलाई महत्व दिने भाषासाधक हुन्।यिनी शिशुमनका भावलाई बुझ्नसक्ने सन्देशमूलक कथाकार तथा निबन्धकार हुन्। यिनी बाल्यकालदेखि लिएर प्रौढकालसम्मका परिवर्तनलाई उजागरगरी पाठकसम्म पराउन सफल छन्। यिनले आफू उभिएको धरतीको कथा भन्दाभन्दै सत्यपक्षको उद्घाटन गर्ने निष्पक्ष साहित्यकार हुन्। यिनी नेपाली भाषाका साथै बाङ्ला भाषा र जातिलाई सम्मान गर्ने निष्पक्ष साहित्यकार हुन्। यिनी समयसँग कसरी मान्छे परिवर्तन भएको छ भन्ने विचारलाई अघि बढाउन जान्ने साहित्यकार हुन्। यिनले समाजका महान र उच्च व्यक्तित्वको सम्मान गर्न जानेका छन्। यिनी प्रथमपुरुष दृष्टिविन्दुको प्रयोग गरेर साहित्य साधना गर्ने साहित्यकार हुन्। यिनी सरल, सहज र बोलचालको भाषामा साहित्य साधना गर्न जान्ने व्यक्ति हुन्। सरल भाषामा आफूले व्यतीत गरेका विषयलाई पाठकसम्म पुराएर पाठकको मन जित्न यिनी सफल भएका छन्।समग्रमा यिनी पत्रकारिता र साहित्यलाई समान तथा निष्पक्षरूपले अघि बढाउँदै भाषा-साहित्यलाई जीउँदो राख्ने सर्जक हुन् यहीनै यिनको मूल उपलव्धि र प्राप्ति हो।
फोन ९६१२८७४९२६
मेलःtnshillong@mail.com, sgewali@gmail.com