कृष्ण सेभेन सेमिफाइनलमा

IMG_20221126_181455.jpg

२६ नोभेम्बरः युनाइटेड मञ्जु फूटबल क्लबको तत्त्वावधानमा आयोजित मणि खवास स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार क्वार्टर फाइनल म्याच खेलियो। मञ्जु खेल मैदानमा आज भएको म्याचमा कृष्ण सेभेन (गोपाल धारा)-ले गोर्खा स्पोर्टिंग क्लब (नागरी)-लाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट अनिश खड़काले २ गोल गरे। यसबाहेक गौरव धिमाल र सौराज राउतले १-१ गोल गरे। यसरी नै गोर्खा स्पोर्टिंग क्लबबाट नवांग तामाङले गोल गरे। आजको म्याचमा मुख्य अतिथिको रूपमा पाइनहल एकाडमी ईंग्लिश स्कूलका प्रिन्सिपल नगेन तामाङ उपस्थित थिए। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ११ र १८ दिसम्बरमा खेलिनेछ। फाइनलको तारिख चाहिँ आयोजक समितिले घोषणा गरेको छैन। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *