लामा हटटाबीच भेकमा बाटो निर्माणको लागि खन्ने कार्य शुरू

17-09-18-BA.jpg

दार्जीलिङ: लामा हटटाबीच भेकमा बाटो निर्माणको खन्न कार्य शुरू भएपछि स्थानीय गाउँलेहरूले अजय एडवार्डसप्रति जनाए आभार प्रकट गरेका छन्। लामा हटटा ग्राम पंचायत क्षेत्रका वार्ड नम्बर १३ बीच भेकमा बसोबासो गर्ने गाउँलेहरू बाटोको समस्या झेल्दै आइरहेको बताइएको छ। हाम्रो पार्टीका अध्यक्ष अजय एडवार्डसले बाटो निर्माण कार्यको निम्ति जेसीभी दिएर सहयोगको हात बढाएको बताइएको छ। लामा हटटाबीच भेकका बासिन्दाहरू बाटोको अभावले गर्दा विमारीहरूलाई उपचार गर्न अस्पताल लैजान परेको खण्डमा चौकी अथवा आङमा बोकेर लाने गरेको स्थानीयहरुको भनाइ छ। लामा हटटाबीच भेकका बासिन्दाहरूले अजय एडवार्डस, क्षेत्रीय सभासद शनि बम्जन, हाम्रो पार्टीका समष्टि अध्यक्ष सन्दीप तामाङप्रति आभार प्रकट गरेका छन। हाम्रो पार्टीकी नारी शक्ति नेत्री मनिता राई, नितु मतुवाको पनि बाटो निर्माण कार्य गर्नमा अहम भूमिका रहेका रहेको ब्ताइएको छ। बाटो निर्माण कार्यको निम्ति दावा तामाङ र उनकी पत्नी तारामणि तामाङले जमीन प्रदान गरेकोमा स्थानीय गाउँलेहरूले आभार जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *