अल्पसंख्यक समुदायका प्रतिनिधिहरुको बैठक सम्पन्न

IMG_20221122_173812.jpg

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाका विभिन्न भागका अल्पसंख्यक समुदायका प्रतिनिधिहरूको बैठक मंगलबार अलिपुरद्वार जिल्ला प्रशासनिक भवन ‘डुअर्स कन्या’ मा आयोजना गरिएको थियो। बैठकमा राज्य अल्पसंख्यक आयोगकी अध्यक्ष मुमताज संघमित्रा पनि उपस्थित थिए। आजको बैठकमा मुस्लिम, शिख, बौद्धलगायत विभिन्न अल्पसंख्यक समुदायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।बैठकमा अलिपुरद्वार जिल्लामा अल्पसंख्यकहरूको लागि छात्रावासको माग उठाइयो। यससँगै अल्पसंख्यकलाई जग्गा पट्टा दिन पनि माग गरिएको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement