स्वतन्त्रताको अमृत महोत्सवमा त्रिपुराबाट सुरु भएको बीएसएफको साइकल रैली कुचबिहार पुग्यो

IMG_20221122_170946.jpg

कुचबिहार: स्वतन्त्रताको अमृत महोत्सवको अवसरमा, बीएसएफले भारत-बंगलादेश अन्तर्राष्ट्रिय सीमामा आगरतला (त्रिपुरा) देखि कोलकाता (पश्चिम बंगाल) सम्म १५५८ किलोमिटर साइकल रैली आयोजना गरेको छ। गत नोभेम्बर १ मा त्रिपुराको अगरतला सिमानाबाट सुरु भएको र्‍याली भारत-बंगलादेशको सीमानाको लामो दूरी पार गरी कोलकाता पुग्नेछ। मंगलबार यो र्‍याली पानीशाला उत्तर बङ्गाल सिमानाको जलपाईगुडी सेक्टर अन्तर्गत मेखलीगञ्ज सीमाको बीओपीमा पुग्यो। यो साइकल र्‍याली त्रिपुराबाट मिजोरम, मेघालय र गुवाहाटीको अन्तर्राष्ट्रिय सिमाना हुँदै यहाँ आइपुगेको हो। बीएसएफको यो साइकल र्‍याली कोलकाताको ट्यागोरभिल्लासम्म जान्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement