सिलगढी: कामतापुर पिपुल्स पार्टी युनाइटेड र कामतापुर प्रगतिशील पार्टीले छुट्टै कामतापुर राज्यको मागलाई लिएर ६ डिसेम्बरमा ‘रेल रोको’ आन्दोलनको आह्वान गरेका छन्। कामतापुर प्रगतिशील पार्टीका प्रवक्ता अमित राईले मंगलबार सिलगढीमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेका हुन्।यससँगै उनले छुट्टै राज्यको मान्यता र कामतापुर भाषालाई आठौं अनुसूचीमा समावेश गर्न माग गर्दै संयुक्त फोरम गठन गरी मङ्सिर २८ गते शहीद दिवस र राजनीतिक भेटघाट गर्ने घोषणा पनि गरेका छन्। अर्कोतर्फ रेल रोको आन्दोलनलाई लिएर राजनीतिक आन्दोलन चर्किएको छ। कामतापुर पिपुल्स पार्टी युनाइटेड र कामतापुर प्रगतिशील पार्टीले मंसिर ६ गते बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उत्तर बंगालभर रेल रोको कार्यक्रम गर्ने अमित राईले जानकारी दिए।










