मन घिसिङद्वारा युवा नेता सुजय राईलाई मन घिसिङले दिए श्रद्धाञ्जलि

IMG_20221121_174351.jpg

पोख्रेबुङ: गोरामुमो अध्यक्ष मन घिसिङ गोरामुमो युवा मोर्चा रिम्बिक लोधोमा समष्टिमा अध्यक्ष सुजय राईलाई श्रद्धाञ्जली अर्पण गर्न रेलिङस्थित तिनकै घरमा आइपुगे। बिरामी भएपछि गत केही दिन अघिदेखि तिनी उपचाराधिन अवस्थामा भेलोरको एउटा निजी अस्पतालमा थिए भने उपचारको क्रममा तिनको निधन भएको थियो। गोरामुमो पार्टीको युवा नेतृत्वको एउटा मुल खाँबो मानिएको सुजय राईले गत २००७ देखि नै युवा नेतृत्वहरूलाई प्रतिनिधित्व गर्दै रिम्बिक लोधोमा समष्टिको गोर्खा राष्ट्रिय युवा मोर्चाका अध्यक्ष पदमा थिए। तिनको निधनमा अध्यक्ष मन घिसिङले गहिरो शोक प्रकट गर्दै आफुले युवा मोर्चाको एउटा मुल खाँबो नै नरहेको अनुभव गरेको बताए। घिसिङले शोकाकूल परिवारका सदस्यहरुसँग पनि भेट गरेर संवेदना प्रकट गरे। यसको साथै मन घिसिङले सुजय राईको पार्थिव शरीरमा गोरामुमोको झण्डा ओढाइ दिएर श्रद्धाञ्जलि अर्पण गरे। यसैगरी, गोरामुमोका अन्य शीर्ष नेतृत्वगण तथा कार्यकर्ताहरुले पनि सुजय राईलाई श्रद्धाञ्जलि अर्पण गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *