सिक्किम विश्वविद्यालयको तेस्रो चरणको दीक्षान्त कार्यक्रममा राज्यका कृषि, बागवानी एवं पशुपालन मन्त्री सहभागी

00-2-Sikkim

गान्तोक: सिक्किम विश्वविद्यालयको छैटौं दीक्षान्त कार्यक्रमको तेस्रो चरण २० नोभेम्बरको दिन मनन केन्द्रमा सम्पन्न भयो। सन् २०१९-२० मा स्नातक, स्नातकोत्तर, एमफिल विद्यावारिधि प्राप्त गर्ने विद्यार्थीहरूलाई यस अवसरमा डिग्री अनि पदक प्रदान गरियो। दीक्षान्त कार्यक्रमको तेस्रो चरणमा राज्यका कृषि, बागवानी एवं पशुपालन मन्त्री लोकनाथ शर्मा मुख्य अतिथिका रूपमा उपस्थित थिए। विश्वविद्यालयका पञ्जियक केभीएस कामेश्वर रावको नेतृत्त्वमा शैक्षणिक शोभा यात्राका साथ दीक्षान्त समारोह शुभारम्भ गरिएको थियो।

विश्वविद्यालयका उपकूलपति प्रो. अविनाश खरेले विश्वविद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न पाठ्यक्रमका लागि हालै सम्पन्न प्रवेश प्रक्रियामा युवाहरूका तुलनामा युवतीहरूको सङ्ख्या बढी रहेको जानकारी दिए। यसका साथै भारतमा नोकरी गर्न चाहनेहरूले सजिलो बाटो अप्नाउन थालेको हुँदा कीर्ते विश्वविद्यालय प्रमाण पत्र ठूलो खतरा बनेको बताए। यसै कुरालाई ध्यानमा राख्दै सिक्किम विश्वविद्यालयले प्रविधि आधारित टाइभेक कागजको प्रमाण पत्र शुरु गरेको र यसमा १२ वटा सुरक्षा विशेषताका साथमा अन्य विशेषता जस्तै च्यात्न र छेड्न नसकिने, पानी र रसायनरोधी, हल्का, युभीरोधी, १३० डिग्री सेन्टिग्रेड तापमानमा पग्लिने र लेजर प्रिन्टर अनि फोटोकपी मशिनमा काम नगर्ने तर स्क्यान गर्नसकिने साथै ल्यामिनेशन आवश्यक नपर्ने हुँदा कीर्ते बनाउन कठिन पर्ने जानकारी दिए।

उल्लेनीय छ, सम्पूर्ण पूर्वोत्तरमा यस प्रकारको उच्च गुणस्तरीय प्रमाणपत्र शुरु गर्ने सिक्किम विश्वविद्यालय पहिलो हो। समारोहलाई सम्बोधित गर्दै मुख्य अतिथि रहेका मन्त्री लोकनाथ शर्माले सिक्किम राज्यमा केसर खेती शुरु गर्न चालेको कदमको निम्ति बधाई दिए। यसका साथै डिग्री अनि पदक विजेताहरूलाई पनि उनले बधाई दिए। दीक्षान्त समारोहका अध्यक्षता सिक्किम विश्वविद्यालयका कूलपति लेफ्टिनेन्ट जेनरल (अवकाशप्राप्त) डा. डीबी शेकटकरले गरेका थिए। -पीआईबी

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *