माइग्रेसन फिसमा वृद्धिलाई लिएर उत्तरबंग विश्वविद्यालयमा उत्तेजनाको माहौल

IMG_20221114_230458.jpg

सिलगढी: उत्तरबंग विश्वविद्यालयमा माइग्रेसन सर्टिफिकेट फिसमा वृद्धिलाई केन्द्र गरेर उत्तेजनाको माहौल देखापऱ्यो। प्राप्त जानकारी अनुसार उत्तरबंग विश्वविद्यालय परिसरमा आज माइग्रेसन फारम र फिस वृद्धिलाई केन्द्र गरेर उत्तेजनाको माहौल देखापऱ्यो। विद्यार्थीहरूको आरोपअनुसार यसभन्दा अघि फारमको मूल्य ५० रुपियाँ र माइग्रेसन सर्टिफिकेटको लागि ५०० रुपियाँ दिनुपर्थ्यो। तर आज विद्यार्थीहरू माइग्रेसन फारम र सर्टिफिकेट लिन जाँदा फिसमा वृद्धि देखेर अचम्भित भए। माइग्रेसन सर्टिफिकेट लिन आएका विद्यार्थीहरूले फिसमा वृद्धि देखेर क्षोभ प्रकट गरे। गत शुक्रबार माइग्रेसन फिस जुन थियो आज भिन्नै रहेकोले किन फिसमा वृद्धि गरिएको भन्दै विद्यार्थीहरूले क्षोभ प्रकट गरेको बताइएको छ।

यस विषयमा विश्वविद्यालयका रजिस्ट्रार डा. प्रणब घोषले भने, ईसी बैठकमा १८ वर्षपछि फिसमा बढ़ोतरी गरेको हो। फिस वृद्धिबारे वेबसाइटमा पनि अपलोड गरिदिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *