भारतीय टोलीसँग क्राइस्टचर्चमा टेस्ट जीतको साथ इतिहास रच्ने मौका

IMG-20261126-WA0068

क्राइस्टचर्च: भारत र न्यूजील्याण्डबीच टेस्ट सीरीजको दोस्रो तथा अन्तिम म्याच शुक्रवारदेखि क्राइस्टचर्चको हेगली ओवल मैदानमा खेलिनेछ। वेलिंगटनमा खेलिएको सीरीजको पहिलो टेस्ट म्याच ड्र रहेको थियो। अब शुभमन गिलको कप्तानीमा रहने भारतीय टोली दोस्रो म्याचको साथमा सीरीज जित्ने लक्ष्य लिएर मैदानमा ओर्लिनेछ। खेलाड़ीहरू आत्मविश्वासी भए पनि यस मैदानमा भारतको रेकर्ड त्यति राम्रो चाहिँ रहेको छैन। टोलीले यहाँ खेलिएको एकमात्र टेस्ट म्याचमा हारको सामना गर्नु परेको थियो। यसैकारण भारतीय टोललीसँग पुरानो हिसाब चुक्ता गर्ने मौका पनि रहनेछ। भारतले क्राइस्टचर्चको हेगली ओवलमा अहिलेसम्म केवल एउटा टेस्ट म्याच खेलेको छ। विराट कोहलीको कप्तानीमा भारतले २०२०-मा खेलिएको टेस्ट म्याचमा ७ विकेटले हारको सामना गर्नु परेको थियो। त्यस म्याचमा भारतले पहिलो ईनिंग्समा २४२ रन बनाएको थियो।न्यूजील्याण्डले ३ दिनमै म्याच जितेको थियो। हेगली ओवलमा न्यूजील्याण्डको रेकर्ड चाहिँ भारतभन्दा धेरै असल रहेको छ। न्यूजील्याण्डले यस मैदानमा अहिलेसम्म १५ वटा टेस्ट म्याच खेलेको छ। यसमा टोलीले ९ वटा टेस्ट म्याच जितेर केवल ४ वटा गुमाएको छ जबकि २ वटा टेस्ट म्याच ड्र रहेको छ। गिलको कप्तानीमा रहने भारतीय टोलीले यसपाली यस मैदानमा आफ्नो पहिलो टेस्ट म्याच जीत दर्ता गर्ने कोशिश गर्नेछ। भारत र न्यूजील्याण्डबीच अहिलेसम्म ६६ वटा टेस्ट म्याच खेलिएको छ। यसमा भारतले २२ वटा जितेको छ भने न्यूजील्याण्डलाई १६ वटा म्याचमा सफलता प्राप्त भएको छ। यी दुई टोलीबीच २८ वटा टेस्ट म्याच ड्र रहेको छ। यसरी भारतले न्यूजील्याण्डविरुद्ध लगभग ३३ प्रतिशत टेस्ट म्याच जितेको छ।
न्यूजील्याण्डको माटोमा भारतीय टोलीको निम्ति टेस्ट क्रिकेटमा जीत हासिल गर्नु सजिलो रहेको छैन। दुई टोलीबीच न्यूजील्याण्डमा अहिलेसम्म २६ वटा टेस्ट म्याच खेलिएको छ। यसमा भारतले केवल ५ वटा म्याच जितेको छ जबकि आयोजक टोलीले १० वटा टेस्ट आफ्नो नाम गरेको छ। रहल ११ वटा म्याच ड्र रहेको छ। यसरी लगभग ५८ सालको टेस्ट इतिहासमा भारतले न्यूजील्याण्डमा अहिलेसम्म केवल ५ वटा म्याच जितेको छ। यसैकारण हेगली ओवलमा हुने दोस्रो टेस्ट भारतीय टोलीको निम्ति अतीतको असफलताहरूलाई पछि छोड़ने असल मौका हुनेछ। जारी सीरीजको पहिलो टेस्ट म्याचमा भारतीय ब्याटरहरू असाधारण लयमा देखिएका थिए। केएल राहुल र रिषभ पन्तले शतकीय ईनिंग्स खेलेका थिए जबकि यशस्वी जयसवाल, देवदत्त पडिक्कल, ध्रुव जुरेल र कप्तान गिलले अर्द्धशतक बनाएका थिए। भारतीय टोलीले पहिलो ईनिंग्समा ७२० रन बनाएको थियो, जुन न्यूजील्याण्डको माटोमा टेस्ट क्रिकेटमा कुनै पनि विदेशी टोलीको सबैभन्दा ठूलो स्कोर हो। दोस्रो ईनिंग्समा चाहिँ भारतीय बलरहरूले संघर्ष गर्नु परेको थियो। भारतीय बलरहरू पर्याप्त समय रहँदा पनि न्यूजील्याण्डको दोस्रो ईनिंग्समा १० विकेट हासिल गर्नदेखि चुकेका थिए। यसैकारण न्यूजील्याण्ड टेस्ट ड्र गर्न सफल भएको थियो। दोस्रो टेस्ट म्याचमा भारतीय टोलीलाई आफ्ना ब्याटरहरूबाट पहिलो टेस्ट झैं असल प्रदर्शनको आशा रहनेछ। यसरी भारतीय बलरहरूमाथि पनि प्रदर्शनमा सुधार गर्ने चुनौती रहनेछ। दुईजना पेस बलर अंशुल कम्बोज र प्रसिद्ध कृष्णाको औसत प्रदर्शनपछि दोस्रो टेस्ट म्याचमा मोहम्मद सिराज र गुरनूर बराड़ले मौका पाउन सक्छन्।

About Author

Advertisement