माटीगढा पुलिसद्वारा लागूपदार्थविरुद्ध जनचेतनामूलक अभियान

FB_IMG_1795505154970

​सिलगढी: सिलगढी पुलिस कमिश्नरेटअन्तर्गतको माटीगढा थानाले ताराबाडीको लचका क्षेत्रमा लागूपदार्थ दुर्व्यसनविरुद्ध जनचेतनामूलक अभियान सञ्चालन गरेको छ।
​स्थानीय बासिन्दालाई लागूपदार्थको हानिकारक असरबारे सचेत गराउनुका साथै कुलतबाट टाढा रहन प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। अभियानमा स्थानीय समुदायको सक्रिय सहभागिता र सहयोग रहेको पुलिसले जनाएको छ।
​स्थानीय बासिन्दाको स्वतःस्फूर्त सहभागिताले लागूपदार्थमुक्त समाज निर्माण गर्ने पुलिस र समुदायको सामूहिक प्रतिबद्धतालाई अझ बलियो बनाएको कमिश्नरेटले उल्लेख गरेको छ। नागरिकको सुरक्षा सुनिश्चित गर्न सिलगढी पुलिस कमिश्नरेट सदैव प्रतिबद्ध रहेको जनाइएको छ।

About Author

Advertisement