विलियमनगर(मेघालय): मेघालयका क्याबिनेट मन्त्री मार्कुइस एन. मराकले जन्मँदैका बालबालिकाको स्वास्थ्य जोगाउन सचेतना, रोकथाम र हेरचाहलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ। उहाँले ‘साँस अभियान’ (सोसल अवेयरनेस एन्ड एक्सन्स टु न्युट्रलाइज निमोनिया सक्सेसफुल्ली) तथा राष्ट्रिय नवजात शिशु सप्ताहको कार्यक्रममा सहभागी हुँदै यस्तो धारणा राख्नुभएको हो।
विलियमनगर निर्वाचन क्षेत्रका विधायक समेत रहनुभएका मराकले सामाजिक सञ्जालमार्फत बालबालिकाको जीवनको सुरुवाती दिनदेखि नै स्वास्थ्य सुरक्षामा ध्यान दिनु अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ।
कार्यक्रममा जिल्लाका अधिकारीहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। स्वास्थ्य प्रणालीलाई अझ मजबुत बनाउँदै लैजाने क्रममा प्रत्येक बालबालिकाले पाउनुपर्ने स्याहार, संरक्षण र स्वस्थ सुरुवात सुनिश्चित गर्न सबै पक्ष मिलेर काम गर्नुपर्ने उहाँको भनाइ छ।
मेघालय सरकारमा जनस्वास्थ्य इन्जिनियरिङ (पीएचई), मृत्तिका तथा जल संरक्षण र आवास विभाग सम्हाल्दै आउनुभएका मराकले बाल स्वास्थ्य प्रवर्द्धनमा सामूहिक सहकार्यको आवश्यकता औँल्याउनुभएको छ।





