दुई किलोभन्दा बढी ब्राउन सुगरसहित तीनजना पक्राउ

FB_IMG_1793972067836

​सिलगढी। प्रतिबन्धित लागुऔषधको अवैध कारोबार भइरहेको विशेष सुराकीका आधारमा सिलगढी पुलिस कमिश्नरेट अन्तर्गतको टोलीले ठूलो परिमाणको लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ। भक्तिनगर थाना र विशेष अपरेसन समूह (एसओजी) को संयुक्त टोलीले पिसि मित्तल बस टर्मिनल क्षेत्रमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
​पुलिसका अनुसार पक्राउ पर्नेहरूमा उत्तर डिनाजपुरका बासिन्दा ५२ वर्षीय मोहम्मद अलीम तथा मालडाका ३२ वर्षीय शरीफुल इस्लाम र २८ वर्षीय रबिुल मियाँ रहेका छन्। उनीहरूको साथबाट तीनवटा छुट्टाछुट्टै प्याकेटमा लुकाइछिपाइ राखिएको कुल दुई किलो १० ग्राम (२.०१० केजी) शङ्कास्पद ब्राउन सुगर बरामद गरिएको छ। साथै, उनीहरूका साथबाट लागुऔषध कारोबारमा प्रयोग भएका मोबाइल फोन तथा अन्य सञ्चार उपकरणहरू पनि जफत गरिएको पुलिसले जनाएको छ।
​घटनाबारे भक्तिनगर थानामा लागुऔषध नियन्त्रण ऐन (एनडीपीएस अधिनियम, १९८५) अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको छ। पक्राउ, खानतलासी तथा जफतका सम्पूर्ण प्रक्रियाहरू कानुनले तोकेको मापदण्ड र निर्देशिकालाई पूर्ण रूपमा पालना गरी सम्पन्न गरिएको पुलिस कमिश्नरेटले स्पष्ट पारेको छ।

About Author

Advertisement