दुई सय छियासी ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

FB_IMG_1793789086307

​सिलगढी: विशेष सुराकीको आधारमा सिलिगुडी पुलिस कमिश्नरेटअन्तर्गतको स्पेशल अपरेसन ग्रुप (एसओजी) र खालपाडा टीओपी-२ को संयुक्त टोलीले गत ३ नोभेम्बर २०२६ का दिन सिलगढी नगर निगमको ५ नं वडाअन्तर्गत पर्ने रामघाट पुलनजिकैको नतुनपडामा छापा मार्‍यो।
​अभियानको क्रममा सिलगढी थाना क्षेत्रको ५ नं वार्ड, नतुनपडा निवासी २६ वर्षीय मोहम्मद केदारलाई पक्राउ गरिएको छ। उनको साथबाट खानतलासी गर्दा शंकास्पद दुई सय छियासी ग्राम ब्राउन सुगर बरामद गरी जफत गरिएको छ।
​पक्राउ परेका व्यक्तिविरुद्ध सिलगढी थानामा लागुऔषध तथा मनःप्रभावी पदार्थ (एनडीपीएस) ऐन, १९८५ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। खानतलासी तथा जफतको प्रक्रिया एनडीपीएस ऐनका प्रावधानहरूको कडा पालना गर्दै सम्पन्न गरिएको पुलिसले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।

About Author

Advertisement