नया्ँ दिल्ली: अष्ट्रेलियाका विध्वंशी अलराउण्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। यसको साथै एक दशकभन्दा अधिक लामो उनको अन्तर्राष्ट्रिय करियरको अन्त भयो। यस ३८ वर्षीय क्रिकेटरले घरेलु प्रथम श्रेणी र लिस्ट ए क्रिकेटबाट पनि बिदा लिएका छन्। उनले बिग ब्याश लीग (बीबीएल)-मा चाहिँ मेलबर्न स्टार्सबाट खेल्न जारी राख्नेछन्, जहाँ उनको २०२७-२८ सीजनसम्मको अनुबन्ध रहेको छ। म्याक्सवेलले अष्ट्रेलियाको निम्ति तीनैवटा प्रारूप (टेस्ट, वनडे र टी२०) मिलाएर जम्मा २८६ वटा म्याच खेले। यस अवधि उनले ७२२६ रन बनाउनको साथै १३६ विकेट पनि लिए। द बिग शो-को नामले चर्चित म्याक्सवेल अष्ट्रेलियाको २०१५ र २०२३ वनडे वर्ल्ड कप विजेता टोलीका महत्त्वपूर्ण सदस्य रहेका थिए। यसबाहेक उनी २०२१-मा टी२० वर्ल्ड कप जित्ने अष्ट्रेलियाई टोलीको पनि हिस्सा रहे। म्याक्सवेलले द फाइनल वर्ड पडकास्टमा आफ्नो सन्न्यासबारे भने, यो फसेला सामान्य दुःखद हो तर कहीँ न कहीँ यसको आशा पनि थियो। म अन्तर्राष्ट्रिय क्रिकेटको साथ-साथ भिक्टोरियाको निम्ति ५० ओभर र ४ दिवसीय घरेलु क्रिकेटबाट पनि सन्न्यासको घोषणा गरिरहेको छु। रातो बलको क्रिकेटलाई सम्पूर्ण रूपले छोड़ने फसेलाले शायद कसैलाई चकित बनाउनेछैन। ग्लेन म्याक्सवेलले साल २०१२-मा अफगानिस्तानविरुद्ध वनडे म्याचको साथ अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण (डेब्यू) गरेका थिए। त्यसपछि उनले आफ्नो आक्रामक ब्याटिंग, असाधारण पावर हिटिंग र अनौठो शट्हरूको दममा विश्वका सबैभन्दा विध्वंशी ब्याटरहरूमा आफ्नो पहिचान बनाए। म्याक्सवेलमा आफ्नो विध्वंशी ब्याटिंगको साथ कुनै पनि समय म्याचको रंग बदलिने क्षमता थियो। यसबाहेक उपयोगी स्पिनर र मैदानमा उत्कृष्ट फील्डिंगले उनलाई एउटा सम्पूर्ण अलराउण्डर बनायो। म्याक्सवेलको नाममा टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक बनाउने संयुक्त रेकर्ड रहेको छ। म्याक्सवेल र भारतका रोहित शर्माले यस प्रारूपमा ५-५ वटा शतक बनाएका छन्। उनको आक्रामक ब्याटिंगले धेरैपल्ट अष्ट्रेलियालाई मुश्किल परिस्थितिहरूबाट बाहिर निकालेको थियो। सीमित ओभरहरूका क्रिकेटमा उनको योगदान अष्ट्रेलियाई टोलीको निम्ति महत्त्वपूर्ण रह्यो। म्याक्सवेलको करियरको सबैभन्दा यादगार ईनिंग्स २०२३ वनडे विश्व कपमा अफगानिस्तानविरुद्ध म्याचमा आएको थियो, जहाँ उनले अविजित २०१ रन बनाएर अष्ट्रेलियालाई यादगार जीत दिलाएका थिए। उनको त्यस ईनिंग्सलाई वनडे इतिहासको सबैभन्दा स्मरणीय ईनिंग्सहरूमा एक मानिन्छ। मुम्बईको वानखेड़े स्टेडियममा २९२ रनको लक्ष्यलाई पीछा गर्दै एक समय ९१ रनमै ७ विकेट गुमाएर अष्ट्रेलिया चरम संकटमा रहेको थियो। त्यसपछि म्याक्सवेलले शारीरिक अस्वस्थतापछि पनि अन्तसम्म लड़ाइँ गरी १२८ बलमा अविजित २०१ रनको ऐतिहासिक ईनिंग्स खेलेर अष्ट्रेलियालाई ३ विकेटले जीत दिलाएका थिए। त्यस समय म्याक्सवेलले कप्तान प्याट कमिन्ससँग आठौं विकेटको निम्ति २०२ रनको अटूट साझेदारी गरेका थिए। त्यस साझेदारीमा कमिन्सको योगदान केवल अविजित १२ रन थियो। म्याक्सवेलको टेस्ट करियर अपेक्षाकृत छोटो रह्यो। उनले अष्ट्रेलियाको निम्ति ७ वटा टेस्ट म्याच खेले। उनले अन्तिम टेस्ट म्याच साल २०१७-मा खेलेका थिए। त्यसपछि उनले मुख्य रूपमा सीमित ओभरहरूका क्रिकेटमा ध्यान केन्द्रित गरेका थिए, जहाँ उनको प्रदर्शन प्रभावशाली रह्यो। उनले २०२५ च्याम्पियन्स ट्रफीपछि वनडे क्रिकेटबाट सन्न्यास लिएका थिए। वनडे क्रिकेटमा उनको नाममा ३९९० रन रहेको छ। यसरी उनको अन्तिम टी२० अन्तर्राष्ट्रिय म्याच यस साल फरवरीमा ओमानविरुद्ध थियो। म्याक्सवेलले आफ्नो टी२० अन्तर्राष्ट्रिय करियरमा १३० वटा म्याच खेलेर २८९७ रन बनाए।





