वनडे सीरीजमा आकिब नबी शुरुवातदेखि नै भारतीय टोलीको हिस्सा हुने

dcb67a9d-b601-4e23-b65d-a55ea5189cea

मुम्बई: न्यूजील्याण्डविरुद्ध आउँदो वनडे सीरीज अघि भारतीय क्रिकेट टोलीमा बद्लाउ गरिएको छ। चयन समितिले पेस बलर आकिब नबीलाई पहिलो ३ वटा वनडे म्याचको निम्ति पनि टोलीमा सामेल गरेको छ। यसअघि उनलाई सीरीजको चौथो र पाँचौ वनडे म्याचको निम्ति चयन गरिएको थियो। अब उनी सीरीजको शुरुवातदेखि नै टोलीको हिस्सा हुनेछन्। आकिबलाई प्रसिद्ध कृष्णाको स्थानमा भारतीय टोलीमा सामेल गरिएको छ। प्रसिद्धको चोट अहिलेसम्म निको भएको छैन अनि उनको टोलीमा सामेल हुने फिटनेस टेस्टमाथि आधारित थियो। अहिले उनी समयमा फिट हुन नसक्ने पुष्टि भएपछि आकिब नबीलाई टोलीमा सामेल गरिएको छ। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले आधिकारिक बयान जारी गरी यस फेरबदलको जानकारी दिएको छ। जम्मू-कश्मीरका पेस बलर आकिब अब पूरा वनडे सीरीजमा टोलीको हिस्सा हुनेछन्। सीरीजको अन्तिम २ वटा म्याचको निम्ति पनि भारतीय टोलीमा बद्लाउ गरिएको छ। यी म्याचहरूमा टोलीको कप्तानी श्रेयस अय्यरले गर्नेछन् जबकि ईशान किशन उपकप्तान हुनेछन्। तिलक वर्मा, कुमार कुशाग्र र यश ठाकुरलाई पनि टोलीमा सामेल गरिएको छ। भारत र न्यूजील्याण्डबीच वनडे सीरीजको पहिलो म्याच ४ नोभेम्बरमा अकल्याण्डको ईडन पार्कमा खेलिनेछ। यसरी दोस्रो म्याच ७ र तेस्रो म्याच १० नोभेम्बरमा हुनेछ। सीरीजको अन्तिम २ वटा म्याच १३ र १५ नोभेम्बरमा हुनेछ।
पहलो ३ वटा वनडे म्याचको निम्ति भारतीय टोली: शुभमन गिल (कप्तान), रोहित शर्मा, विराट कोहली, श्रेयस अय्यर (उपकप्तान), केएल राहुल (विकेटकीपर), अक्षर पटेल, नमन धीर, अंशुल कम्बोज, गुरनूर बराड़, रितुराज गायकवाड़, अर्शदीप सिंह, ईशान किशन (विकेटकीपर), मोहम्मद सिराज, कुलदीप यादव, नीतीश कुमार रेड्डी (केवल पहलो वनडे), आकिब नबी।

About Author

Advertisement