सांसद राजु विष्टद्वारा मुख्यमन्त्री तामाङसँग भेट​

FB_IMG_1792390616329

गान्ताेक: दार्जिलिंगका लोकसभा सांसद तथा भाजपा नेता राजु विष्टले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) सँग शिष्टाचार भेट गरेका छन्। मुख्यमन्त्रीको सरकारी निवास मिन्तोकगंगमा भएको उक्त भेटका क्रममा उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।​भेटपछि सांसद विष्टले मुख्यमन्त्री तामाङ र उनको दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को एक अभिन्न तथा महत्त्वपूर्ण अङ्ग रहेको उल्लेख गरेका छन्। उनले मुख्यमन्त्री तामाङको न्यानो आतिथ्यता र निमन्त्रणाप्रति आभारसमेत प्रकट गरेका छन्।​सिक्किम सरकारको औपचारिक निमन्त्रणामा राज्यमा आउनुभएका सांसद विष्ट सिक्किमका आगामी राज्यपालको शपथ ग्रहण समारोहमा सरिक हुनका लागि त्यहाँ पुगेका हुन्।

About Author

Advertisement