‘लहराओ तिरंगा’ अभियानमा सहभागी हुन घरबाट निस्कनेबित्तिकै अभिजित दीपके पक्राउ

Screenshot_20261016_193742_Google

नयाँ दिल्ली: राजधानी नयाँ दिल्लीमा पूर्वघोषित ‘लहराओ तिरंगा’ (राष्ट्रिय झण्डा फहराऔँ) अभियानमा सहभागी हुन जाने क्रममा ककरोच जनता पार्टी (सीजेपी) का प्रमुख अभिजित दीपकेलाई पुलिसले पुनः नियन्त्रणमा लिएको छ। शुक्रबार आफ्नै निवासबाट कार्यक्रमका लागि बाहिर निस्कनेबित्तिकै दिल्ली प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। एक साताभित्र उनी दोस्रोपटक प्रहरी कारबाहीमा परेका हुन्।
विशेष सघन पुनरावलोकन प्रक्रिया (एसआईंआर ) अन्तर्गत मतदाता नामावलीबाट नाम हटाइएको तथा अनियमितता भएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै दीपकेले आन्दोलन गर्दै आएका छन्। यही मागसहित जन्तरमन्तरमा विरोध प्रदर्शनमा सहभागी हुन मुम्बईबाट हवाईमार्ग हुँदै दिल्ली पुगेका उनलाई यसअघि पनि विमानबाट ओर्लिनेबित्तिकै सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए।
शुक्रबार कन्नट प्लेसस्थित सेन्ट्रल पार्कमा राष्ट्रिय झण्डा फहराएर विरोध जनाउने योजना दीपकेले बनाएका थिए। तर, कार्यक्रम सुरु हुनुअघि नै प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि अभियान प्रभावित भएको छ। प्रतिबन्ध उल्लङ्घन गरेको भन्दै प्रहरीको चेतावनी
यस घटनाको पृष्ठभूमिमा गत १३ अक्टोबरमा भएको प्रहरी कारबाही रहेको छ। जन्तरमन्तरमा विरोध प्रदर्शन गर्न नपाइने निर्णय सार्वजनिक भएको भोलिपल्ट राष्ट्रिय झण्डा बोकेर उक्त क्षेत्रमा प्रवेश गरेको आरोपमा सिजेपि का सदस्य सौरभ दास र आशुतोष राङ्कालाई पुलिसले पक्राउ गरेको थियो। उनीहरूलाई पाँच दिनका लागि न्यायिक हिरासतमा पठाइएको थियो।
उक्त घटनाको विरोधस्वरूप सीजेपी ले कन्नट प्लेस आसपास क्षेत्रमा तिरंगा यात्रा आयोजना गर्ने योजना बनाएको थियो। तर, कार्यक्रमअघि नै दिल्ली प्रहरी दीपकेको निवासमा पुगेको थियो। पुलिसले उनलाई भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ अन्तर्गत कानुनी सूचना थमाएको थियो।
उक्त सूचनामा व्यापारिक केन्द्रका रूपमा परिचित कन्नट प्लेस तथा आसपासका क्षेत्रमा निषेधाज्ञासम्बन्धी प्रतिबन्ध लागू रहेको उल्लेख गरिएको थियो। साथै, नयाँदिल्ली नगरपालिका परिषद् बाट प्रस्तावित तिरंगा यात्राका लागि अनुमति नलिइएको भन्दै अनुमति बिना सभा वा जुलुस आयोजना गर्नु कानुनविपरीत हुने चेतावनी दिइएको थियो।
राष्ट्रिय झण्डा फहराउन रोक होइन, अनुमति बिना जुलुस निकाल्न प्रतिबन्ध
पुलिसको कारबाहीका क्रममा दीपके महात्मा गान्धीको तस्बिर अंकित सेतो टी-सर्ट र नीलो जिन्समा देखिएका थिए। पुलिस अधिकारीहरूले उनलाई राष्ट्रिय झण्डा प्रदर्शन गर्नु वा फहराउनु आफैँमा गैरकानुनी नभएको स्पष्ट पारेका थिए। तर, आवश्यक अनुमति नलिई सार्वजनिक स्थानमा भीड जम्मा गर्नु वा लागू प्रतिबन्धको उल्लङ्घन गर्दै जुलुस निकाल्नु कानुनविपरीत हुने उनीहरूको भनाइ थियो।
यसका साथै, राष्ट्रिय झण्डाको सम्मान र मर्यादा कायम राख्न भारतीय झण्डा संहिताको पालना गर्न पनि प्रहरीले दीपकेलाई सचेत गराएको थियो।
मतदाता नामावलीमा कथित अनियमितता भएको विषयलाई लिएर विरोध प्रदर्शनको तयारी भइरहेका बेला सिजेपि प्रमुखमाथि गरिएको पछिल्लो प्रहरी कारबाहीले दिल्लीको राजनीतिक तथा प्रशासनिक वृत्तमा पुनः चर्चा चुलिएको छ।

About Author

Advertisement