रोनाल्डोको गोलले अल नासरको जीत

IMG-20261010-WA0053

नयाँ दिल्ली: प्रशिक्षकसँग विवादपछि पोर्तुगल राष्ट्रिय टोलीबाट निस्किने स्टार फूटबलर क्रिस्टियानो रोनाल्डो क्लब फूटबलमा फर्किएका छन् अनि मैदानमा फर्किन साथ उनले गोल पनि हासिल गरे। शुक्रवार खेलिएको सऊदी प्रो लीग फूटबल प्रतियोगिताको म्याचमा अल नासरले दिरियाहविरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। म्याचमा विजेता टोलीको तर्फबाट रोनाल्डोले गोल पनि गरे। यस जीतको साथ वर्तमान च्याम्पियन अल नासर आठौं चरणपछि अंकको आधारमा शीर्ष स्थानमा कायम अल-कजसियाहको बराबरीमा पुग्यो। अल नासर अहिले गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ। फिफा अन्तर्राष्ट्रिय विण्डोको अवधि रोनाल्डोलाई यूएफा नेशन्स लीगको निम्ति पोर्तुगल टोलीमा सामेल गरिएको थियो तर नयाँ प्रशिक्षक जर्ज जीसससँग मतभेदले गर्दा रोनाल्डोले राष्ट्रिय टोली छोड़ेका थिए। उनले पो्तुगलको निम्ति २३४ वटा म्याच खेलेर १४६ गोल गरेका छन्। अन्तर्राष्ट्रिय फूटबलमा यो कुनै पनि फूटबलरले खेलेको सर्वाधिक म्याच अनि गोल हो। यस ४१ वर्षीय दिग्गजले मंगलवार आफ्नो बयानमा नवनियुक्त प्रशिक्षक जीससले उनलाई म्याचमा खेलाउने वाचा पूरा नगरेको आरोप लगाएका थिए। राष्ट्रिय टोलीबाट बाहिर भएपछि रोनाल्डोले सऊदी प्रो लीगमा असाधारण प्रदर्शन गरे। दिरियाहविरुद्ध म्याचमा उनले नै २३औं मिनटमा टोलीको निम्ति पहिलो गोल गरे। म्याचमा ५३ प्रतिशत बल पोजेशनको साथ खेल्ने अल नासरबाट सामु कोस्टाले ३५औं मिनटमा दोस्रो गोल गरे। अन्तमा किंग्स्ले कोमानले ७७औं मिनटमा अझ एक गोल गरी अल नासरको जीत सुनिश्चित गरे।

About Author

Advertisement