वन् पोइण्ट स्ल्याममा अल्काराज-सिनरसहित दिग्गजहरूले हिस्सा लिने तय

IMG-20261010-WA0048

मेलबर्न: विश्वका धेरैजना दिग्गज टेनिस खेलाड़ीहरूले आउँदो साल जनवरीमा हुने अष्ट्रेलियन ओपनको वन पोइण्ट स्ल्याममा हिस्सा लिनेछन्। यसमा कार्लोस अल्काराज, कोको गौफ, नाओमी ओसाका र यानिक सिनर जस्ता शीर्ष नामहरू सामेल छन्। वन् पोइण्ट स्ल्याममा यी स्टार खेलाड़ीहरूले एमेच्योर क्वालीफायर खेलाड़ीहरूसँग म्याच खेल्नेछन्। यस अनौठो टुर्नामेण्टको निम्ति जम्मा १० लाख अष्ट्रेलियाई डलरको पुरस्कार राशि रहेको छ। अष्ट्रेलियन ओपनका आयोजकहरूले बिहीवार आउँदो साल हुने टुर्नामेण्टको कार्यक्रम घोषणा गरे। यसको साथै वन् पोइण्ट स्ल्यामको निम्ति क्वालीफाईंग प्रतियोगिताहरू पूरा अष्ट्रेलियामा जारी छ। यस प्रतियोगिताको नियम पनि खास छ, जहाँ खेलाड़ीले केवल एक अंकको निम्ति खेल्छन्। यसरी केवल एक अंकले पूरा म्याचको नतीजा तय गर्छ। वन् पोइण्ट स्ल्यामको फाइनल १३ जनवरीको दिन मेलबर्नको रड लेवर एरिनामा खेलिनेछ। यसमा पेशादार खेलाड़ीहरूका साथमा एमेच्योर र वाइल्ड कार्डबाट स्थान पाउने खेलाड़ीहरूले हिस्सा लिनेछन्। फाइनलमा १० लाख अष्ट्रेलियाई डलर पुरस्कार राशिको निम्ति लड़ाइँ हुनेछ, जुन लगभग ७ लाख अमेरिकी डलरको बराबर हो। गत वर्ष यस अनौठो टुर्नामेण्टमा ठूलो उलटफेर देख्न पाइएको थियो। एमेच्योर खेलाड़ी जोर्डन स्मिथले विश्वका शीर्ष खेलाड़ीहरूमा सामेल यानिक सिनरलाी पराजित गरी वन् पोइण्ट स्ल्यामको खिताब जितेका थिए। यसपाली पनि पेशादार खेलाड़ीहरू समक्ष एमेच्योर खेलाड़ीहरूका चुनौतीले म्याचहरू रोमाञ्चक र अनिश्चितताहरूले भरिएको रहने आशा छ। सालको पहिलो ग्राण्ड स्ल्याम अष्ट्रेलियन ओपन २०२७-को १७-देखि ३१ जनवरीसम्म खेलिनेछ।

About Author

Advertisement