काेलकत्ता: सीनियर भारतीय पुरुष फूटबल टोलीको कार्यक्रम अहिले व्यस्त रहेको छ। पहिलो पनामा अनि शनिवार ब्राजीलविरुद्ध म्याचपछि अब टोलीले मंगलवार (६ अक्टोबर) ल्याटिन अमेरिकी महाशक्ति उरुग्वेको चुनौती स्वीकार्नेछ। दुईपल्टको विश्व कप विजेता उरुग्वेको टोली यस म्याचको निम्ति लगभग एक हप्ता अघि नै कलकत्ता पुगिसकेको । म्याच अघि टोलीका खेलाड़ीहरू शहर र त्यसको संस्कृतिसँग परिचित हुनमा व्यस्त देखिए। आइतवार पनि उरुग्वे टोलीले शहरका धेरै प्रमुख स्थानहरूको यात्रा गऱ्यो। टोलीको आधिकारिक एक्स एकाउण्टमा भिक्टोरिया मेमोरियल र ईडन गार्डन्सको तस्वीरहरू साझा गरिेको छ। यसमा खेलाड़ीहरूका ईडन गार्डन्स यात्रा विशेषगरी चर्चामा रह्यो। भारतमा क्रिकेटको लोकप्रियालाई ध्यानमा राखेर उरुग्वेका खेललाड़ीहरूले केही समय क्रिकेट पनि खेले। टोलीका मीडफिल्डर लुकास टरेराले क्रिकेटमा विशेष रूची देखाए। यूरोपमा गलातासरायबाट खेल्ने टरेराले हातमा ब्याट लिएर केही शट्हरू खेले। उनले आर्सनलको पनि प्रतिनिधित्व गरिसकेका छन्। भारतविरुद्ध म्याचको निम्ति चयन गरिएको उरुग्वेको टोलीमा केही दिग्गजहरू सामेल छन्। डिफेन्समा होसे मारिया जिमिनेज र रोनाल्डो अराउहो, मीडफिल्डमा रोद्रिगो बेण्टांकुर र टरेरा जबकि आक्रमणमा डार्विन नुनेज जस्ता खेलाड़ी रहेका छन्। मुख्य प्रशिक्षकको रूपमा पूर्व फरवर्ड डिएगो फोरलान रहेका छन्। फोरलानको निम्ति भारत र काेलकत्ता कुनै नयाँ कुरा होइन। उनले आईएसएलमा खेलिसकेका छन्। फोरलानले २०१६-मा मुम्बई सिटी एफसीको प्रतिनिधित्व गरेका थिए। काेलकत्तामा एउटा प्लेअफ् म्याचमा उनले रातो कार्ड पनि देखेका थिए। यसबीच उरुग्वे टोलीमा सामेल स्टार खेलाड़ी फेडेरिको भाल्भर्दे चाहिँ चोटले गर्दा भारत आउन सकेनन्। उरुग्वेविरुद्ध म्याच भारतको अन्तर्राष्ट्रिय मैत्री म्याचहरूको यस चरणको अन्तिम म्याच हुनेछ। भारतले यसअघि पनामालाई १-१-को ड्र-मा रोकेको थियो। त्यसपछि ब्राजीलविरुद्ध चाहिँ भारत ४-०-ले पराजित भएको थियो। अब खालिद जमीलको प्रशिक्षणमा रहने भारतीय टोलीको लक्ष्य उरुग्वेविरुद्ध यादगार प्रदर्शनको साथ दर्शकहरूका मन जित्ने रहेको छ। भारत र उरुग्वेबीच म्याच राति ७ः३० बजीदेखि शुरु हुनेछ।





