नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

n7281632571790357813839bc305b4211cb6d8d6b2ddbfd587da9559403157f04c9a644a6eb063271f17266

कूटनीतिक दायरा १८७ देशमा पुग्यो

​काठमाडौँ: नेपाल र नामिबियाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध विस्तार भई विश्वका १८७ देशमा पुगेको छ।
​संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा अमेरिकाको न्यूयोर्कमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नामिबियाकी अन्तर्राष्ट्रिय सम्बन्ध तथा व्यापारमन्त्री सेल्मा असिपाला मुसावीले द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
​हस्ताक्षर समारोहअघि भएको भेटवार्तामा दुवै देशका मन्त्रीहरूबीच पारस्परिक हित र सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी जलवायुजन्य विपद्का कारण भएको मानवीय तथा भौतिक क्षतिबारे जानकारी गराएका थिए।
​भेटमा दुवै मन्त्रीले नेपाल र नामिबियाबीच द्विपक्षीय सहयोग विस्तारका नयाँ क्षेत्रहरूको खोजी गर्दै दुई देश र नागरिकको साझा प्रगति एवं समृद्धिका लागि सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

About Author

Advertisement