नागोया: भारतकी सुचिका तरियालले सोमवार एशियाई खेलहरू २०२६ अन्तर्गत महिलाहरूकी ६० किग्रा वर्गको मिक्स्ड मार्शल आर्ट (एमएमए) स्पर्धामा काँस्य पदक जितेर इतिहास रचिन्। उनले सेमिफाइनलको अतिरिक्त राउण्डमा सिंगापुरकी तेओ हुई हूनविरुद्ध ०-२-ले हारको सामना गर्नु पऱ्यो। सुचिकाले यसअघि सेमिफाइनलमा पुग्नको साथै कम्तीमा काँस्य पदक सुनिश्चित गरेकी थिइन्। सुचिका र तेओ हुईबीच सेेमिफाइनल विवादहरूले भरिएको रह्यो। सेमिफाइनलमा हारको सामना गरेपछि सुचिका फसेलासँग सन्तुष्ट थिइनन्। त्यसपछि भारतीय एमएमए महासंघले नतीजालाई चुनौती दियो। सेमिफाइनलको पुनः समीक्षा गरिएपछि लड़ाइँलाई ड्र घोषित गरियो। त्यसपछि विजेताको तय गर्न एमएमए-को नियमहरूको सहारा लिइयो। नियमहरू अनुसार, बराबरीको स्थितिमा ओजनको आधारमा फसेला गरिन्छ। यस प्रक्रियामा सुचिकाको ओजन प्रतिद्वन्द्वीभन्दा अधिक पाइयो। यसैकारण सिंगापुरकी एथलीटले विजेताको रूपमा फाइनलमा स्थान बनाइन् अनि सुचिकाले काँ्य पदकमै चित्त बुझाउनु पऱ्यो। यस मामिलामा आधिकारिक विरोध दर्ता गरिएको हुनाले १००० डलरको फीस जमा गरियो। फीसको रकम भारतीय एमएमए महासंघ र निखिल कुन्दरले दिए। सुचिकाले सेमिफाइनल अघि क्वार्टर फाइनलमा प्रभावशाली प्रदर्शन गरेकी थिइन्। उनले मंगोलियाकी अल्तानचिमेग बेगलामालाई २-०-ले पराजित गरी पदक सुनिश्चित गरेकी थिइन्। सुचिकाको काँस्य पदक भारतीय खेल इतिहासको दृष्टिकोणले खास हो। एशियाई खेलहरूमा एमएमए-लाई पहिलोपल्ट सामेल गरिएको छ अनि सुचिका यस खेलमा भारतको निम्ति पदक जित्ने पहिलो खेलाड़ी बनिन्। ३६ वर्षीय सुचिकाले यसअघि २०२२ राष्ट्रमण्डल खेलहरूमा पनि जूडो खेलमा भारतको प्रतिनिधित्व गरेकी थिइन्। उनले २०२३ एशियाई खेलहरूमा पनि भारतको प्रतिनिधित्व गरेकी थिइन्।





