मोरङ(बेलबारी): नेपालमा चीनसमर्थक धारणा राख्ने बुद्धिजीवी तथा राजनीतिक वृत्तमा वक्तव्यबाजी भइरहेका बेला राजनीतिक विश्लेषक एवं त्रिमूल नेपाल पार्टीका अध्यक्ष भरत दाहाललाई मोरङको बेलबारीबाट पक्राउ गरिएको खबर सार्वजनिक भएको छ।
प्राप्त विवरणअनुसार दाहाललाई बेलबारीबाट पक्राउ गरी विराटनगरतर्फ लगिएको र थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ। यद्यपि, पक्राउको आधिकारिक कारण र सम्बन्धित निकायको औपचारिक धारणा भने स्पष्ट हुन बाँकी रहेको छ।
दाहालले पछिल्लो समय राष्ट्रियता तथा देशका विभिन्न राजनीतिक विषयमा आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन्। उनका समर्थकहरूले अभिव्यक्ति र राजनीतिक गतिविधिका आधारमा पक्राउ गरिएको भए त्यसले लोकतान्त्रिक तथा गणतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रताको अवस्थाबारे प्रश्न उठाउने बताएका छन्।
घटनाबारे सरकार तथा सम्बन्धित सुरक्षा निकायको आधिकारिक धारणा सार्वजनिक भएपछि पक्राउको कारण र कानुनी प्रक्रियाबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।





