‘आफ्नो पुस्ताका लागि रोजगारी सिर्जना गर्न र आत्मनिर्भर बन्न नेतृत्व लिनुहोस्’: प्रधानमन्त्री शाह

n72753759817899206166921e7660f798beeb80f615346a10bffd06919607a9072550170489f97d3fb1230b

​काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहले जेन-जी उमेर समूहका सांसदहरूसँग छलफल गर्दै आफ्नो पुस्ताका लागि रोजगारीका अवसर सिर्जना गर्न र आत्मनिर्भरताको दिशामा नेतृत्व लिन आह्वान गरेका छन्।
​प्रधानमन्त्री सचिवालयका अनुसार शाहले सांसदहरूलाई आधारभूत जीविकोपार्जनका समस्या समाधानमा मात्र सीमित नरही आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर भएर नेतृत्व गर्न आग्रह गरेका हुन्।
​प्रधानमन्त्रीले यसका लागि स्थलगत अध्ययन तथा अनुसन्धान गर्न, सूचना प्रविधिको अधिकतम प्रयोग गर्न, समस्या समाधानमा केन्द्रित दृष्टिकोण अपनाउन र पुराना तथा अव्यावहारिक सोच त्याग्न सुझाव दिएका छन्।
​उनले सांसदहरूलाई राजनीतिलाई पेसा नबनाउनेसमेत आग्रह गरे। सांसदहरूले आम्दानीको स्वतन्त्र स्रोत स्थापित गर्नुपर्ने र दीर्घकालमा आत्मनिर्भर बनेर आफ्नो पुस्ताका लागि प्रेरणाको स्रोत बन्नुपर्ने शाहको भनाइ थियो।
​सचिवालयका अनुसार बैठकमा सहभागी सांसदहरूले प्रधानमन्त्रीको सुझावलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिएका छन्। उनीहरूले आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउनका साथै देशभित्रै रोजगारी र अवसर सिर्जना गर्न दृढतापूर्वक लाग्ने प्रतिबद्धता जनाएका छन्।

About Author

Advertisement