अग्निमित्रा पालद्वारा प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना व्यक्त

FB_IMG_1789667555695

​काेलकाता: देशका आदरणीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभ जन्मदिनको अवसरमा भाजपा नेत्री अग्निमित्रा पालले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकी छन्।
​उनले प्रधानमन्त्री मोदीको दृढ नेतृत्व, अथक परिश्रम र राष्ट्र सेवाप्रतिको समर्पणले सबैलाई प्रेरणा दिने बताइन्। शुभकामना सन्देश जारी गर्दै उनले प्रधानमन्त्रीको सुस्वास्थ्य, दीर्घायु र सफलताको कामना गरेकी छन्।
​अग्निमित्रा पालले प्रधानमन्त्री मोदीको सक्षम नेतृत्वमा ‘विकसित भारत’ को सङ्कल्प अझ सुदृढ बनोस् र भारत निरन्तर प्रगति तथा समृद्धिको पथमा अघि बढिरहोस् भन्ने कामना समेत व्यक्त गरेकी छन्।

About Author

Advertisement