मुम्बई: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले वेष्ट इण्डिजविरुद्ध खेलिने घरेलु वनडे र टी२० सीरीजको निम्ति भारतीय टीमको घोषणा गऱ्यो। बुधवार भएको चयन समितिको बैठकपछि एशियाई खेलहरूको निम्ति चयन गरिएको टोलीमा पनि केही फेरबदल गरियो। वेष्ट इण्डिजविरुद्ध खेलिने ५ वटा टी२० म्याचको सीरीजको निम्ति चयन गरिएको १५ सदस्यीय टोलीमा प्रमुख पेस बलर जसप्रीत बुमराह रहेका छैनन्। उनलाई कार्यभार प्रबन्धन नीतिअन्तर्गत विश्राम दिइएको छ। यसरी ३ वटा वनडे म्याचको सीरीजको निम्ति चयन गरिएको टोलीमा जम्मू-कश्मीरका पेस बलर औकीब नबी र पञ्जाबका अलराउण्डर नमन धीरलाई पहिलोपल्ट सीनियर भारतीय टोलीमा स्थान प्राप्त भएको छ। यसबीच फिटनेस समस्याले गर्दा दिग्गज अलराउण्डर हार्दिक पाण्ड्यालाई चाहिँ दुवै टोलीमा चयन गरिएन। भारत र वेष्ट इण्डिजबीच टी२० सीरीजको शुरुवात एशियाई खेलहरूको तुरन्त पछि हुनेछ। यसैकारण चयनकर्ताहरूले नियमित टोली नै चयन गरेका छन्। श्रेयस अय्यर टोलीका कप्तान र तिलक वर्मा उपकप्तान हुनेछन्। टोलीमा वैभव सूर्यवंशी, अभिषेक शर्मा र सञ्जु सेमसन तीनैजनालाई सामेल गरिएको छ। यसरी विकेटकीपरको रूपमा ईशान किशन रहेका छन्। यसरी बुमराहलाई विश्राम दिइएको छ, जसले अफगानिस्तानविरुद्ध सीरीजमा खेलिरहेका छन् अनि एशियाई खेलहरूमा पनि हिस्सा लिनेछन्। भारतीय टोली अक्टोबरदेखि दिसम्बरसम्म न्यूजील्याण्ड यात्रामा रहनेछ, जहाँ तीनैवटा प्रारूपमा सीरीज खेलिनेछ। यसैकारण बुमराहलाई विश्राम दिइएको छ। भारतीय टी२० टोलीमा पेस बलिंग विकल्पको रूपमा मयंक यादव र प्रिन्स यादवलाई स्थान दिइएको छ। भारत र वेष्ट इण्डिजबीच टी२० सीरीजको शुरुवात ६ अक्टोबरदेखि हुनेछ। पहिलो म्याच लखनऊमा खेलिनेछ। यसरी रहल ४ वटा म्याच क्रमशः राँची (९ अक्टोबर), इन्दौर (११ अक्टोबर), हैदराबाद (१४ अक्टोबर) र बेंगलुरु (१६ अक्टोबर)-मा खेलिनेछ। बीसीसीआईले एशियाई खेलहरूका निम्ति चयन गरिएको टोलीमा पनि फेरबदल गरेको छ। चोटले गर्दा एशियाई खेलहरूबाट बाहिर हुने स्टार स्पिनर वरुण चक्रवर्तीको स्थानमा विपराज निगमलाई मौका दिइएको छ। यसरी अलराउण्डर नितिश कुमार रेड्डीलाई पनि एशियाई खेलहरूका टोलीबाट बाहिर गरिएको छ अनि उनलाई वेष्ट इण्डिजविरुद्ध वनडे सीरीजको टोलीमा राखिएको छ।
वेष्ट इण्डिजविरुद्ध टी२० सीरीजको निम्ति भारतीय टोली: श्रेयस अय्यर (कप्तान), अभिषेक शर्मा, वैभव सूर्यवंशी, ईशान किशन (विकेटकीपर), सञ्जु सेमसन (विकेटकीपर), तिलक वर्मा (उपकप्तान), शिवम दुबे, कुलदीप यादव, अक्षर पटेल, वाशिंगटन सुन्दर, रवि बिश्नोई, नितिश कुमार रेड्डी, अर्शदीप सिंह, प्रिन्स यादव र मयंक यादव।
यसरी वेष्ट इण्डिजविरुद्ध २७ सेप्टेम्बरदेखि शुरु हुने वनडे सीरीजको निम्ति घोषणा गरिएको टोलीमा दुईजना दिग्गज रोहित शर्मा र विराट कोहली सामेल छन्। पेस बलर औकिब नबी र अलराउण्डर नमन धीरलाई पहिलोल्ट सीनियर टोलीमा स्थान प्राप्त भएको छ। शुभमन गिलले टोलीको कप्तानी गर्नेछन् जबकि केएल राहुल उपकप्तान हुनेछन्। चयनकर्ताहरूले रोहित र कोहलीलाई सामेल गरेर शीर्ष क्रमलाई अनुभव र स्थिरता दिएका छन्। यी दुवैले टी२० अन्तर्राष्ट्रिय र टेस्ट क्रिकेटबाट सन्न्यास लिइसकेका छन् अनि अहिले केवल एकदिने प्रारूपमा सक्रिय छन्। अलराउण्डर नितिश कुमार रेड्डीलाई एशियाई खेलहरूको टोलीबाट हटाएर वनडे सीरीजको निम्ति उपलब्ध गराइएको छ। भारत र वेष्ट इण्डिजबीच पहिलो वनडे म्याच २७ सेप्टेम्बरमा खेलिनेछ। त्यसपछि रहल २ वटा म्याच ३० सेप्टेम्बर र ३ अक्टोबरमा खेलिनेछ।
वेष्ट इण्डिजविरुद्ध वनडे सीरीजको निम्ति भारतीय टोली: शुभमन गिल (कप्तान), रोहित शर्मा, विराट कोहली, रितुराज गायकवाड़, केएल राहुल (उपकप्तान), ध्रुव जुरेल, नितिश कुमार रेड्डी, रवीन्द्र जडेजा, कुलदीप यादव, प्रसिद्ध कृष्णा, गुरनूर बरार, मोहम्मद सिराज, औकिब नबी, यशस्वी जायसवाल र नमन धीर।
एशियाई खेलहरूका निम्ति भारतको संशोधित टोली: श्रेयस अय्यर (कप्तान), अभिषेक शर्मा, सञ्जु सेमसन (विकेटकीपर), ईशान किशन (विकेटकीपर), शिवम दुबे, तिलक वर्मा (उपकप्तान), अक्षर पटेल, वाशिंगटन सुन्दर, रवि बिश्नोई, जसप्रीत बुमराह, अर्शदीप सिंह, वैभव सूर्यवंशी, यश ठाकुर र विपराज निगम।





