शिलांग: मेघालयका मुख्यमन्त्री कनराड के संगमाले मेघालय उच्च अदालतकी मुख्य न्यायाधीश न्यायमूर्ति रेवती मोहिते डेरे तथा कानुन विभागका उच्च अधिकारीहरूसँग न्यायिक पूर्वाधार सुदृढीकरणका विषयमा समीक्षा बैठक गरेका छन्।बैठकमा केन्द्र सरकारद्वारा प्रायोजित योजना अन्तर्गतका प्रस्तावित आयोजनाहरू, लागत सीमा परिमार्जन तथा न्यू शिलोङ टाउनसिपमा निर्माणधीन नेसनल ल युनिभर्सिटी सम्बन्धी महत्त्वपूर्ण विषयहरूमा छलफल भएको छ।राज्यमा सर्वसाधारणका लागि न्याय सम्पादन प्रक्रियालाई थप सहज, सुलभ र आधुनिक बनाउन आवश्यक भौतिक तथा प्राविधिक पूर्वाधार निर्माणलाई गति दिनेबारे बैठकमा सहमति भएको छ।





